Total Pageviews

Monday, September 12, 2011

0

नेस्नल आईसिटि कन्भेन्सन-२०११ हुने

पोखरा / पोखरामा यही भदौको ३० र ३१ गते नेस्नल आईसिटि कन्भेन्सन-२०११ हुने भएको छ । सुचना प्रविधिको सहि सदुपयोगबाट समाजमा विद्यमान समस्याहरुको कारण पत्ता लगाई समस्याका उपाय समेत पत्ता लगाउने उद्देस्यले स्थापित संकल्प नामक संस्थाको आयोजनामा सो कन्भेन्सन हुन लागेको हो । अन्तराष्ट्रिय सफ्टवेयर स्वतन्त्रता दिवसको अवसर पारेर पोखराको दि भिलेज एण्ड रेष्टुराँमा आयोजना हुने सो कन्भेन्सन पोखरामै पहिलो पटक गर्न लागिएको र कन्भेन्सनमा नेपाल सरकार सुचना प्रविधि उच्च्ास्तरीय आयोगराष्ट्रिय सुचना प्रविधि केन्द्र र ईन्फोमेटिक्स कलेज पोखराले समेत सहभागिता जनाउने आयोजक संस्थाले शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि जानकारी दिएको छ ।
विशेषगरी सुचना प्रविधि तथा सो क्षेत्र संग अवद्धता भएका व्यक्तिहरुको सिप तथा व्यवसायिकतामा ठोस सुधार लयाउने उद्देस्यले सो कन्भेन्सन आयोजना गरिएको संकल्पका अध्यक्ष सुरज कुमार अर्यालले जानकारी दिए । उनका अनुसार ३०गते शुक्रबार दिउसो तीन बजेबाट सुचना प्रविधि क्षेत्रमा विगत लामो समय देखि आवद्ध रहि व्यापार व्यावसाय गरिरहेका तथा सोही क्षेत्रलाई आफ्नो कार्यथलो बनाई राष्ट्रिय स्तरको आफ्नो विशिष्टता हाँसिल गरेका व्यक्तिहरुसंग अन्तरकि्रया राखिएको छ भने ३१ गते सनिबार अन्तराष्ट्रिय सफ्टवेयर स्वतन्त्रता दिवस भव्यताका साथ मनाइने छ ।
सो कन्भेन्सनमा विभिन्न कलेजका विद्याथीहरु सहित करिव ५ सय जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

गणित शिक्षा परिषदद्धारा साचालित हाँजिरजवाफ प्रतियोगिता सम्पन्न
पोखरा २४ भदौ
अन्तराष्ट्रिय साक्षरता दिवश तथा राष्ट्रिय शिक्षा दिवशको अवसरमा गणित शिक्षा परिषद कास्की र जिल्ला शिक्षा कार्यलय कास्कीको आयोजनामा शिक्षक सम्मान गणितिय हाजिरी जवाफको छैटौं श्रृङखला तथा गणित शिक्षा परिषदको वेभसाइटको औपचारीक सुरुवात कार्यक्रम शनिबार ग्लोवल कलिजियट उच्चमावि रानिपौवा पोखरामा सम्पन्न भएको छ ।
गणित शिक्षा परिषद नेपालका केन्द्रीय संस्थपक अध्यष एवं गणित विशेषज्ञ प्रा।डा। मदनमान श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उनले यस्ता खालका कार्यक्रमले गणित शिक्षको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताए । कार्यक्रममा विशेष अतिथि गणित शिक्षा परिषदका सल्लाहकार प्रा।डा। कृष्ण कुमार श्रेष्ठ विशेष अतिथि जिल्ला शिक्षा अधिकारी झुम प्रसाद राई गणित शिक्षा परिषद कास्की साखाका संस्थापक अध्यक्ष त्रिभुवन शर्मा लगाएतले सो अवसरमा सुभकामना मन्तव्य व्यक्त गरेका थिए । गणित शिक्षा परिषद कास्कीका कार्यबाहक अध्यक्ष चिन्तामणी शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा लइफ टाइम एचिभमेण्ट अवार्डबाट प्रध्यापक डा। मदनमान श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी गणित शिक्षा परिषद कास्कीले एनएन झा श्रीराम पौडेल र खगेन्द्र राज बराललाई पनि सम्मान गरेको थियो ।
गणितिय हाँजिरी जवाफ प्रतियोगितामा शैनिक आवासीय उच्चमावि फुलबारी केफ उच्चमावि सिम्पानी र चिल्ड्रेन एकेडेमी पोखराका विद्यार्थीहरु क्रमस प्रथम दिृतिय र तृतिय स्थान हाँसिल गर्न सफल भए भने न्यू मिलिनियम एकेडेमि बिरौटा गोल्डेन फ्युचर रामबजार र डाइनामिक एकेडेमी सिमलचौरले शान्त्वना स्थान प्राप्त गरेका थिए ।
विजयी विद्यार्थीलाई प्रमाणपत्र सहित प्रमुख अतिथि प्रा।डा। श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए भने संचालन सचिव बेद प्रसाद शर्माले गरेका थिए ।

No comments:

Post a Comment