Total Pageviews

Monday, September 12, 2011

0

गोल्डेन सहकारीको साधारण सभा सम्पन्न

पोखरा- सृजनाचोकस्थित गोल्डेन बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त अबसरमा संस्थाले आर्थिक बर्ष २०६७÷६८ मा ११ करोड ९८ लाख ५० हजार रुपैयाँ बचत संकलन र ३ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गर्न सफल भएको आफ्नो प्रतिवेदन सार्वजनिक गरेको थियो । संस्थाका अध्यक्ष गुडाखर सापकोटाले गत आबको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक बर्षको अनुमानित आयब्यय सार्वजनिक गरे । त्यसमा संस्थाले चालु आबमा शेयरपुँजी दुई करोड पुर् याउने निक्षेप झण्डै ४ करोड पुर् याउने र ५ करोड लगानी गर्ने लक्ष्य रहेको सापकोटाले जनाएका छन ।
साधारण सभाको कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले गरेका थिए । उक्त अवसरमा गुरुङले पोखरामा सहकारीको सस्तो प्रतिस्पर्धाको अन्त्य गर्नुपर्नेमा जोड दिए । साथै केही समानस्तरका सहकारी संस्था मर्ज गर्नेपर्ने उनको भनाई थियो । ुसहकारीले नाफामुखीसंगै सेवामुखी हिसावले पनि अघि बढ्नुपर्छु उनले भने ।उक्त अवसरमा लेखा समिति ऋण उपसमिति शिक्षा उपसमितिले आ-आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको हालसम्म कुनै पनि खराब कर्जा छैन ।




No comments:

Post a Comment