पानीलाई चट्टान बनाउने चिसो पछाडि छोडेर
सूर्य अघि नै लुकिसकेको थियो धर्ती ग्रहबाट
न्यानो खोसिएकाहरु गुफाभित्र छिरे
न्यानोको खोजीमा
चिसो गुफा
विवसन आङ्
रोयो टुन्कु, रोयो ठिन्ले
चिसो क्रन्दनले थर्कियो आकाश
मृत्यु ओढ्दै थिए गुफावासी
अँध्यारो गुफाबाट देखियो,
चिसिएर कठ्याङ्ग्रिएका गुफावासीको दरबारमा
आकाश चुम्ने जिजीविषा पालेर
एउटा धुनी जागिरहेको थियो,
आप्mना ताता लप्काहरुले
केही बिम्बहरुको आङ् सेकाउँदै
एउटा बिम्ब गुफातिर फर्केर कराउँछ–
जनतालाई चिसोबाट बचाउन
प्यारा राजाले धुनी जगाइदिएका छन्
आगोको न राप न प्रकाश
केहीले छुँदैन गुफावासीलाई
तथापि, भ्रमित गुफावासीद्वारा जयजयकार भयो
हाम्रा राजा विष्णुका अवतार
आगोमा सेकाएको कालिज चपाएर
ध्यान दिएर सुने राजाले
र, छट्टु चालले मुस्कुराउँदै भने,
बुझें, बुझें ।
त्यो आगो आप्mना गुफावासीलाई दिंदा
उनको घट्दैन
बरु बढ्छ
ताप र प्रकाश पाउँदा गुफावासीद्वारा उनको जयजयकार हुन्छ
तर उनी जनतालाई आगो बाँढ्दैनन्
आगोको भ्रममात्र बाँड्छन्–
आगो बाड्यो भने दुरुपयोग हुन्छ
यसले दरबारमात्र होइन
जनताको घरबार पनि जलाउँछ
आगो राजासँग हुनपर्छ
राजाद्वारा नियन्त्रित आगोले नै शान्तिको भेल बग्छ ।
यो आगो
सदा त बन्दी थिएन
कुनै समय हाम्रा प्रमिथसहरुले खोसेर बाँड्न खोजेका थिए आगो
तर मारिए बहादुरहरु
तथापि मरेन आगो–आकांक्षा
सातकोे संग्रामद्वारा शैतानी कारावासबाट गुफावासीले खोसेर लिएका थिए आगो
तर आगो नहुर्कदै
शैतानको अवतार एउटा साँढेले
सत्रको कालकोठरीमा फेरि बन्दी बनायो यो आगोलाई
ठूला साना, साना ठूला
आगो मुक्तिका लडाईंहरु भइरहे
छयालिसको महासंग्रामले
शैतानको बन्धनबाट आगो मुक्त गरायो
मुक्त आगो हुर्कंदै थियो
आगोसँग रम्न
आगोसँग बाँच्न, सिक्दै थिए गुफावासी
शैतानबाट फेरि आगोमाथि आक्रमण भयो
आगो खोसियो
आगो फेरि बन्दी भयो
अन्धकारमा बाँच्न फेरि अभिशप्त भए गुफावासी
तर
आगोको उज्यालोमा हिंडिसकेका
आगोको न्यानोमा आङ् सेकाइसकेका
आगोको महिमा गीत गाइसकेका
बहादुर छोराहरु
चट्याङको बिजुली समाएर
उज्यालो बटुल्दै
जनतालाई बाटो देखाइरहेछन्
आगो त उनीहरुले खोस्छन् नै
तर यसपाली
आगो खोस्नेमात्र होइन
यो आगो–युद्ध सदालाई अन्त गर्न
आगो खोस्ने शैतानको अवतारलाई लखेटेर
स्वयं गुफावासी त्यहाँ बस्नेछन्
र, त्यो आगो
जुग जुगान्तर बालिरहन्छन्
किनकि,
त्यो आगो र यज्ञभूमि
दुवै उनीहरुको हो ।
यो कविता ०६२–०६३ को जनआन्दोलनमा पर्चा कविताको रुपमा पचास हजार प्रति बाँडिएको थियो ।
सूर्य अघि नै लुकिसकेको थियो धर्ती ग्रहबाट
न्यानो खोसिएकाहरु गुफाभित्र छिरे
न्यानोको खोजीमा
चिसो गुफा
विवसन आङ्
रोयो टुन्कु, रोयो ठिन्ले
चिसो क्रन्दनले थर्कियो आकाश
मृत्यु ओढ्दै थिए गुफावासी
अँध्यारो गुफाबाट देखियो,
चिसिएर कठ्याङ्ग्रिएका गुफावासीको दरबारमा
आकाश चुम्ने जिजीविषा पालेर
एउटा धुनी जागिरहेको थियो,
आप्mना ताता लप्काहरुले
केही बिम्बहरुको आङ् सेकाउँदै
एउटा बिम्ब गुफातिर फर्केर कराउँछ–
जनतालाई चिसोबाट बचाउन
प्यारा राजाले धुनी जगाइदिएका छन्
आगोको न राप न प्रकाश
केहीले छुँदैन गुफावासीलाई
तथापि, भ्रमित गुफावासीद्वारा जयजयकार भयो
हाम्रा राजा विष्णुका अवतार
आगोमा सेकाएको कालिज चपाएर
ध्यान दिएर सुने राजाले
र, छट्टु चालले मुस्कुराउँदै भने,
बुझें, बुझें ।
त्यो आगो आप्mना गुफावासीलाई दिंदा
उनको घट्दैन
बरु बढ्छ
ताप र प्रकाश पाउँदा गुफावासीद्वारा उनको जयजयकार हुन्छ
तर उनी जनतालाई आगो बाँढ्दैनन्
आगोको भ्रममात्र बाँड्छन्–
आगो बाड्यो भने दुरुपयोग हुन्छ
यसले दरबारमात्र होइन
जनताको घरबार पनि जलाउँछ
आगो राजासँग हुनपर्छ
राजाद्वारा नियन्त्रित आगोले नै शान्तिको भेल बग्छ ।
यो आगो
सदा त बन्दी थिएन
कुनै समय हाम्रा प्रमिथसहरुले खोसेर बाँड्न खोजेका थिए आगो
तर मारिए बहादुरहरु
तथापि मरेन आगो–आकांक्षा
सातकोे संग्रामद्वारा शैतानी कारावासबाट गुफावासीले खोसेर लिएका थिए आगो
तर आगो नहुर्कदै
शैतानको अवतार एउटा साँढेले
सत्रको कालकोठरीमा फेरि बन्दी बनायो यो आगोलाई
ठूला साना, साना ठूला
आगो मुक्तिका लडाईंहरु भइरहे
छयालिसको महासंग्रामले
शैतानको बन्धनबाट आगो मुक्त गरायो
मुक्त आगो हुर्कंदै थियो
आगोसँग रम्न
आगोसँग बाँच्न, सिक्दै थिए गुफावासी
शैतानबाट फेरि आगोमाथि आक्रमण भयो
आगो खोसियो
आगो फेरि बन्दी भयो
अन्धकारमा बाँच्न फेरि अभिशप्त भए गुफावासी
तर
आगोको उज्यालोमा हिंडिसकेका
आगोको न्यानोमा आङ् सेकाइसकेका
आगोको महिमा गीत गाइसकेका
बहादुर छोराहरु
चट्याङको बिजुली समाएर
उज्यालो बटुल्दै
जनतालाई बाटो देखाइरहेछन्
आगो त उनीहरुले खोस्छन् नै
तर यसपाली
आगो खोस्नेमात्र होइन
यो आगो–युद्ध सदालाई अन्त गर्न
आगो खोस्ने शैतानको अवतारलाई लखेटेर
स्वयं गुफावासी त्यहाँ बस्नेछन्
र, त्यो आगो
जुग जुगान्तर बालिरहन्छन्
किनकि,
त्यो आगो र यज्ञभूमि
दुवै उनीहरुको हो ।
यो कविता ०६२–०६३ को जनआन्दोलनमा पर्चा कविताको रुपमा पचास हजार प्रति बाँडिएको थियो ।
No comments:
Post a Comment