Total Pageviews

Monday, September 12, 2011

0

सईलाई पन्छाएर इनिस्पेक्टर उम्किदै


ललितपुर । शान्ति सुरक्षालाई वेवास्ता गर्दै रकमका लागि दौडाहा नै सुरु गरेका ललितपुर प्रहरी परिसरका इनिस्पेक्टर फिरोज बस्नेत बिना पैसा जस्तोसुकै पीडित भएपनि कुरा नसुन्ने गरेको समाचार प्राप्त भएको छ । उनकै निर्देशनमा केही दिन अगाडि सई बलाराम झाले कर्ण बहादुर बुढा थापासँग चोरी मुद्दामा रु।एघार हजार लिएको घटनाले परिसरभित्र हल्ली खल्ली मच्चाएको छ । रकम भन्ने बित्तिकै कान ठाडो गर्ने इनिस्पेक्टर बस्नेत यतिबेला छटपटिमा छन । रकमको मोलमोलाई गरि बस्नेत सम्म पुर् याउने नाईके सई बलराम झा लाई कारबाहीको लागि भन्दै रानीपोखरीआयुक्तको कार्यालय ले तानेपछि आफ्नो मुल हर्ताकर्ता नै कारबाहीमा पर्ने भन्दै उनी छटपटीमा परेका हुन । हुन त उनलाई सघाउनेमा अर्का सई नरेश बहादुर शाही पनि कम मानिदैनन । नक्कली लाईसेन्स प्रमाणपत्र लगायतका जघन्य अपराध होस या चोरी डाँका केस लनै किन नहोस पिडक र पीडित दुबैबाट रकम कुम्ल्याउन पल्केका इनिस्पेक्टर बस्नेत सम्पुर्ण बाहिरी रुपमा दोष सई झा लाई लगाउँदै उम्कने प्रयास गरेका छन । बस्नेतको निर्देशनबिना एक रुपैयाँ पनि यता उता गर्न नसक्ने झाले इनिस्पेक्टर साब ले जे भन्यो त्यही गर्ने हो भन्दै पैसा उठन्तीलाई तिब्रता दिएको स्रातले अभियान टाइम्सलाई बतायो । हुन त बस्नेत र झा को जागिरे जीवन हेर्ने हो भने दुबै प्रहरीका भ्रष्ट ब्यक्तिमा गनिन्छन । प्राय सुगम मा बस्दै निरन्तर रकम कलममा विवाद खेपिरहने बस्नेत र झा पटक पटक उच्च प्रहरी अधिकृतले कारबाहीका लागि चेतावनी पाएका प्रहरी हुन । झा मार्फत लुटेर खान पल्केका इनिस्पेक्टर बस्नेत पर्दा पछाडि रकमको मोलमोलाई गर्ने बाठा प्रहरी हुन एक स्रोतले अभियान टाईम्स प्रतिनिधिलाई बतायो । सई झा लाई मात्र आयुक्तको कार्यालयले तानेर कारबाही गर्न नमिल्ने त्यो स्रोतले बतायो । इनिस्पेक्टर बस्नेत अर्का सई नरेश बहादुर शाही र स्वयं एस।पी। भोग बहादुर थापा समेत यो समुहको पैसा उठन्तीमा अछुतो नरहेको ती प्रहरीले बताए । यस अगाडि परिसरमा रहदा नै सई झा ले अनियमितता गरेको पत्तो लागिसकेर डि।एस।पी। रमेश बस्नेतले चापागाउँ तर्फ खेदि सकेका सई झा लाई एस।पी। थापाले एकाएक परिसरमा बोलाएपछि स्वतः नै दालमे कुछ वाला हे भन्ने प्रमाणित हुन्छ । त्यसकारण पनि एस।पी। थापा इनिस्पेक्टर बस्नेत सई बलराम झा नरेश बहादुर शाहीलाई कारबाही गर्नुपर्ने प्रष्ट नै देखिन्छ । बिना अपराधका ब्यक्तिलाई समेत रकमको प्रभावमा अपराधी सरह लामो समय बुझ बुझारक भन्दै जेल हाल्ने बस्नेतको नियती नै भइसकेको छ । त्यसो त पीडित होस् या पिडक दुबै तर्फ चर्को रकम बार्गेनिङ गरि माथिसम्म पैसा पुर् याउने बस्नेतको नियतीले सबै कुकृत्य ढाकछेप भएको बुझिएको छ । कतिपय चोरी डाँका केस र नक्कली कागजातमा खुलेआम रकम खाएका बस्नेतले आफ्नो कोठामा खुलेआम मोलमोलाई गर्ने गरेका समेत एक पिडितले अभियान टाईम्स कै कार्यालयमा आएर बताए । त्यसो त यातायात ब्यबस्था कार्यालय वरिपरि बस्ने २३ जनाको समुहलाई नक्कली कागजातमा रु १ लाख लिएर मुद्दा फितलो बनाई अदालत पेश गरेको जानकारीमा आएको छ । उनको यो त एक उदाहारण मात्र हो । बिना प्रमाण अनुसन्धानको लागि भन्दै रकम बार्गेनिङ गर्दै लामो समय जेल चलान गर्ने नियति नै भइसकेको छ । एउटा डाँका केसमा बस्नेतको निर्देशन मुताबिक झाले रकम उठाएपछि उनी आयुक्तमा तानिएका हुन । प्राय मुद्दामा बेलुकीको जाँड रक्सीमा सामेल बन्न बस्नेतलाई पन्छाएर झालाई मात्र कारबाही गर्न नमिल्ने समाचार स्रोतको दाबी छ ।

No comments:

Post a Comment