Total Pageviews

Monday, September 12, 2011

0

समितिको बैठक बिनानिष्कर्ष

समितिको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा विवाद समाधान उपसमितिले हालसम्म गरेका कामको प्रगति समीक्षा गरिएको थियो । बैठकमा संविधान निर्माण क्रममा देखिएका जटिलता हटाउने विषयमा छलफल भए पनि कुनै सहमति नभएको सदभावना नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेसले शान्तिप्रक्रिया टुंगो नलागेसम्म संविधान लेखनको काम रोक्नु पर्ने अडान लिएको बुझिएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान लेखन भन्दा पहिला शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउनु पर्ने अडान दोहोर्‍याएर केहीबेरमै बैठक कक्षबाट बाहिरिनुभएको थियो ।माओवादीले भने विवाद समाधान गर्न नसक्ने भए उपसमितिको अस्तित्व राखिरहनुको कुनै औचित्य नरहने भन्दै उपसमिति विघटनको प्रस्ताव गरेको बुझिएको छ । संयोजकसमेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले उपसमिति विघटनको प्रस्ताव राख्नुभएको एक सदस्यले जानारी दिए । बैठकमा उपसमितिको म्याद थपका विषयमासमेत छलफल भए पनि कुनै निष्कर्ष भने आउन सकेन । साना दलका सभासदहरुले भने समयमै संविधान बन्न नसक्नुको दोष ठूला दललाई दिएका थिए । बैठकमा संविधान निर्माणका क्रममा राज्य पुर्नसंरचनाका विषयमा देखिएको विवाद सुल्झाउे विषयमा छलफल भए पनि सहमति हुन नसकेको बैठकपछि नेताहरुले बताए ।

No comments:

Post a Comment