Total Pageviews

Wednesday, September 14, 2011

0

दाताको आवरणमा लुट र अनैतिक धन्दा अठार वर्षदेखि नेपालमा के के गर्दैछन् यी जापानी


जापान भ्रमण जानेहरु सावधान !
काठमाडौं । नराम्रो नियत भएकाहरुले असल आवरणमा आफूलाई प्रस्तुत गर्न सकेको खण्डमा जो कसैलाई पनि ठग्न गाह्रो हुँदो रहेनछ । जापानमा समाजसेवी र नेपालमा दाताको आवरणमा देखिने जापानको हादानो नगर स्थायी घर भएका सुगाहिको सुगिमोतोको नियत बुझीनसक्नु छ । अठार वर्षदेखि लगातार नेपालमा रहँदै आएका सुगिमोतोको धन्दा सिधा नेपालीमािथ दाताको आवरणमा लुट मच्चाउनु हो भने सोझा जापानीलाई समाजसेवीको भेषमा झुक्याउने रहेको बुझिएको छ ।
काठमाडौं महानगरपालिकाबाट कसैको स्वार्थ पूरा गरिदिए वापत ुविकाश दूतु को समेत पगरी गुत्न पाएका सुगिमोतोले विगतका कुनै पनि आश्वासन पूरा नगरेपछि यतीबेला महानगरपालिकाभित्र हेलाँको पात्र मात्रै भएका छैनन् त्यहाँ जानै छाडेका छन् भने एक व्यवसायीलाई प्रलोभनमा पारेर जापानी भाषा सिकाउने इन्ष्टिच्यूटमा पनि उनले बोलेअनुसारको गर्न नसक्दा लगानीकर्तासँग ठाकठुक परेको बताइन्छ । आफूलाई पि्रन्सीपल घोषणा गरेका उनले भाषा सिक्न आउनेलाई जापान पनि पठाउने भन्दै ठगी गरीरहेको बताइन्छ । गार्मेन्ट तथा हाइड्रोमा समेत लगानी गरेका व्यवसायी भरत ढकाललाई विभिन्न प्रलोभन दिएर ठग सुगिमोतोले एसीए जापान नामको संस्थामा कन्ट्री डाइरेक्टरको पदवि दिएका छन् । उनै ढकालको बत्तिसपुतलीस्थित घरमा चलाइएको भाषा स्कुलमा एसीए जापानको बालुवाटारस्थित कार्यालयकै कर्मचारी दिनेश श्रेष्ठ र गोकुल भूजेलले अध्यापन गर्दै आएका छन् । जापानमा अध्ययनका नाममा गएर ुओभरस्टेु पछि नेपाल फर्केका उनीहरु दुबै यती धूर्त छन् कि ठ्याक्कै सुगिमोतोकै शैली अनुसरण गर्न पोख्त छन् । स-साना विषयमा समेत कमिशन खान पल्केका उनीहरुकै सहयोगमा सुगिमोतोले नेपालीमाथि लुट मच्चाएको बताइन्छ । नैतिक आचारण समेत राम्रो नभएका सुगिमोतोलाई ुतरुनीुको व्यवस्था समेत दिनेश र गोकुलले उपलब्ध गराउने गरेको स्रोतले बतायो । पछिल्लो समयमा एउटी भूजेल थरकी लोग्ने नभएकी ग्रामीण भेगकी महिला र उनकी छोरीलाई नै गोकुलले सुगिमोतोलाई भिडाएर उनीसँग अझै नजिक बन्न पुगेका छन् ।
दाताको भेषमा चिनिन चाहाने सुगिमोतोले आफूलाई यती महान ठान्दछन् कि अरुको कुरै सुन्न चाहान्नन् । नेपालमा बसेर नेपालीलाई नै बारम्बार पशुकै व्यवहार गर्न खोज्ने सुगिमोतोको गोप्य धन्दाहरु पनि हुन सक्ने बताइन्छ । दिएको दान भन्दा बढी प्रचारमा आउन रुचाउने सुगिमोतॊले नेपाल-जापान गरिरहनुको रहश्यसमेत रहश्यमय छ । नेपालमा दाताको रुपमा सकि्रय रहेको प्रचार गरेर जापानमा एसीए नामक गैरसरकारी संस्था खोलेर त्यसको अध्यक्ष समेत भएका सुगिमोतोले हादानोका नगरप्रमुख फूरीया मोसीयुकीलाई समेत गुमराहमा पारेर त्यहाँबाट वार्षीक ठूलो धनराशी लिने गरेका छन् भने थुप्रै जापानीलाई भोलेन्टीएरका नाममा काममा लगाएर पनि शोषण गरीरहेको पाइएको छ । त्यस बाहेक पनि मैले नेपालमा यसो गरेको र उसो गरेको छु भन्दै आफँैले तयार पारेको रिपोर्ट देखाएकै भरमा सोझा जापानीबाट लिएको सहयोग राशीमाथि व्यापक दूरुपयोग गरेको चाल पाएपछि यतीबेला जापानस्थित एससीए संस्थामा ठूलै किचलो परेको छ । कतिपयले सुगिमोतोको व्यवहारबाट दिक्क भएर एसीएलाई सहयोग गर्नै छाडेका छन् । आफ्नो सम्पूर्ण सम्पत्ती नेपालमै दान गरेको बताउने सुगिमोतोको जापानमा सम्पत्ती नै नभएको एसीएकै एक पदाधिकारीले बताए ।
जापानमा घर परिवार नै नभएका सुगिमोतोको दैनिकी विगतमा दिक्क लाग्दो थियो तर उनले एसीएको सहयोग रकममाथि हालिमुहाली गर्न थालेपछि भने केही परिवर्तन आएको छ । जापानका विद्यालयमा फालिएका पियानो र संगित सम्वन्धि अन्य विभिन्न वाजा संकलन गरी नेपाल ल्याएर राम्रा-नराम्रा छुट्टाएर राम्राजती राजधानीका केही नीजि स्कुल जुन उनलाई यहाँ लुटतन्त्र मच्चाउन सहयोगीका रुपमा रहेका छन् उनीहरुका स्कुललाई र बाँकी विभिन्न दुर्गम क्षेत्रका स्कुललाई सहयोगका नाममा उपलब्ध गराउने सुगिमोतोको धन्दा हो ।
नेपालमा आफ्नो पहलमा वार्षीक एक एक वटा स्कुल बनाएको भन्दै प्रचार गर्न चाहाने सुगिमोतोले जापानका धनाढ्य तर सोझा व्यक्तिलाई झुक्याएर संकलन गरेको रकममाथि आफैँले मनपरी गर्न थालेपछि उक्त संस्थाभित्र ठूलो किचलो सुरु भएको छ । कतिपयले उनको मनलागि हेरेर बस्न नसकेपछि संस्था नै छाडेर गएका छन् ।
यसैगरी प्रत्येक वर्ष नेपाली विद्यार्थीलाई जापानको शैक्षिक भ्रमण गराउने भनि गरीएको प्रचारमा समेत सुगिमोतोले ठूलै लुट मच्चाउने गरेका छन् । वार्षिक पच्चीसदेखि तीस विद्यार्थीलाई जापान घुमाउने नाममा उनले जनही एक लाख साठी हजार असुल्ने गरेका छन् । असुलिएको त्यो रकमले दुईतर्फी जहाज टिकट खानबस्न तथा घुमघाम भनिएको छ । तर एसीए जापानका बालुवाटरका जुकाहरुले यहीँबाट अतिरिक्त रकम शोषण गर्न थाल्छन् । यसपटक अक्टोबर ९ मा जाने र अक्टोबर २४ मा फर्कने भनेर विज्ञापन गरिए पनि विद्यार्थी संख्या तोकिएको छैन मात्र नपुग पाँच जना भनिएको छ । जापान जानका लागि हौसियका विद्यार्थीहरु त्यहाँ पुगेको केही घन्टादेखि नै सुगिमोतोको व्यवहारबाट थाक्दै जाने छन् भने दुई तिन दिनमै उनीहरु पूर्ण शिथिल बन्ने गरेको विगतमा जापान पुगेर फर्केका विद्यार्थीको गुनासो छ ।
ुन गतिलो खान पाइन्छ न भनेको ठाउँमा घुम्नैु एक विद्यार्थीले आफ्नो गुनासो पोखे ुउसैले जताजता भन्छ त्यतैत्यतै जाने हो । भेँडाबाख्राकै शैलीमा लाइन लगाएर हिँडाउनेमात्र नभएर जतिसुकै बेला रिसाउने गर्दा भ्रमण खल्लो भयो ।ु ती विद्यार्थीका अनुसार निःशुल्क सेन्टरहरुमा बास बसाइने र दाताहरुसँगबाट खानाको जोहो गरीने गरिन्छ । स्वाद र खानाको अवस्था नमिल्दा थुप्रै विद्यार्थी विरामी नै पर्ने गरेको पनि उनले बताए । ुके के न भ्रमण गराउला भनेको जहाँ सित्तैमा छिर्न पाइन्छ त्यहाँ मात्रै लग्दो रहेछु ती विद्यार्थीले भनेुकहिले आफ्नै संस्थाले संरक्षण गरेको जंगलमा लगेर दिनै बिताइदिने कहिले सखरखण्ड खन्न लैजाने दमकल देखाउने फोहोरमैला नष्ट गर्ने ठाउँ खानेपानी यस्तै यस्तै ठाउँमा र पार्कहरुमा घुमाएर दुई हप्ता कटाएर फर्काउने गर्दाे रहेछ ।ु उनले भने ुटोकियो त घुम्न पाइएन आफ्नै देशको राजदूतावासमा त लगेन भने अन्त कता लैजाला बेकारमा पैसाको मात्रै सत्यानाश !ु
स्रोतले दिएको जानकारीअनुसार शैक्षिक भ्रमण सुगिमोतोको नितान्त लुट धन्दा मध्येको एक हो । यताबाट जाने विद्यार्थीका नाममा संयुक्त लगेज पठाउने र उताबाट फर्कने क्रममा पनि त्यसैगरी लगेज पठाउने धन्दा सुगिमोतोको हो । भ्रमणमा जानेहरुसँग एउटै उडानमा नजाने र उताबाट पनि नफर्कने सुगिमोतोको नियतमाथि त्यहाँ पनि खोट देखिन्छ भने नेपाली विद्यार्थीसँग महंगो शुल्क असुल्ने सुगिमोतोले भाग्न सक्ने आशंकामा एअरपोर्टदेखि नै पासपोर्ट कब्जामा लिने र जासुस अघिपछि लगाउने समेत गर्न पछि पर्दैनन् । जब भाग्छ भन्ने लाग्छ भने त्यस्ता विद्यार्थीलाई शैक्षिक भ्रमणमा किन लैजाने जंगलको एकान्तमा निर्माण गरिएका सेन्टरमा पुर् याएर भ्रमणमा गएका विद्यार्थीलाई कोठाभित्रै समय कटाउन बाध्य पारिने उसको नियत असल मान्न नमिल्ने भ्रमणबाट फर्केकाहरुको गुनासो छ । भ्रमणमा लगिएका विद्यार्थीलाई शिकाउन परैजाओस् भेँडाबाख्राको व्यवहार गर्दा समेत चुप लागेर उसैको कुरा सुन्नु पर्ने बाध्यता रहेको भ्रमणबाट फर्केकाहरुको गुनासो छ । उनीहरुले त्यस्तो भ्रमण नगर्न समेत आग्रह गरेका छन् ।
चर्काे रकम असुलेर भ्रमणमा लगिएका विद्यार्थीलाई देखाएर संस्थाले निःशुल्क ल्याएको भन्दै जापानका विभिन्न दातासँग रकम असुल्ने सुगिमोतोको धन्दालाई काठमाडौंस्थित एसीए जापानको कार्यालयमा रहेका उसकै सहयोगी गोकुल र दिनेश नामका कर्मचारीले पनि बडो साथ दिँदै आएका छन् । जापान भ्रमणका क्रममा जापानी समाजसेवीहरुले राखेको जिज्ञासा विद्यार्थीले फर्काएको भनाइँको ठ्याक्कै उल्टो र आफ्नो संस्थाका प्रमुखको निर्देशन अनुसार भाषा रुपान्तरण गर्न पोख्त दिनेश र गोकुलको धन्दा पनि सुगिमोतोको भन्दा कम छैन । सुगिमोतोले जापानमा कसरी सहयोगका नाममा रकम जुटाएका छन् र त्यो रकम कहाँ कसरी खर्च भएको छ भन्ने बारेमा एसीए नामक संस्थाकै पदाधिकारीसँग गरेको कुराकानीपछि संकलित रकम निकै दूरुपयोग भएको र समाजसेवा र दाताको आवरणमा सुगिमोतोले आफ्नो जिवनशैलीलाई विलासीताका रुपमा भोग गरिरहेको पनि खबर प्राप्त भएको छ । हादानो नगरपालिकाका अन्तर्राष्ट्रिय परस्पर साँस्कृतीक तथा पर्यटन अफिसर मासायो सातोसँग कुराकानी गर्दा नगरपालिकाले नेपालीको शैक्षिक तथा कृषि क्षेत्रका लागि ठूलो आर्थिक सहयोग गरेको कुरा खुस्क्याएका थिए ।
भ्रमणका क्रममा यताउती जानका त कुरै छाडिदिउ आफूखुसी कसैसँग बोल्न समेत नदिने सुगिमोतोको नियत छर्लङ्गै छ । दुई साताको भ्रमणका लागि भनेर हौसियर जापान पुगेका विद्यार्थी फर्कँकदा ुनुन खाएको कुखुरो झोक्राएजस्तैु गरी फर्कन बाध्य हुन्छन् । भ्रमणका क्रममा ८० प्रतिशत खाना अरुले नै उपलब्ध गरिदिएको हुन्छ भने खानाको स्वाद र अवस्थाले विद्यार्थीहरु विरामी नै परेर फर्कने गरेको बताइन्छ । जापानका प्रख्यात ब्याण्ड मास्टर मीनीची मिनामीलाई समेत विभिन्न प्रलोभनमा पारेर उनको नाम समेत सुगिमोतोले बेच्ने गरेको बताइन्छ । यसैगरी सुगिमोतोले एसीएका नाममा कसकसलाई फसाएका छन् कसकसले संस्था छाडे भन्ने बारेमा खोजी भइरहेको छ ।
एसीए जापानका अध्यक्ष सुगिमोतोले नेपाली जानेर पनि नबोल्नुले पनि उनले थुप्रै ठगी धन्दा गरेको आशंका गर्न गाह्रो छैन यस बारेमा जापानी एम्वेसीले समेत उनका शंकाष्पद गतिविधिबारे बेलैमा छानविन गर्नु पर्ने देखिएको छ ।


No comments:

Post a Comment