नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले बहुलबाद माओवादीले नमाने त्यसपछि आउने परिणामको भागिदार काग्रेस नहुने बताउनुभएको छ । नेपाल ठाकुर समाजले मंगलबार राजधानीमा वीपी कोइरालाको ९८ औ जन्मदिवसको अवसर पारि आयोजना गरेको शान्ति प्रक्रिया र संविधान निर्माणमा दलहरुको भूमिका विषयक विचार गोष्ठिलाई संबोधन गर्दै कोइरालाले नेपाली काग्रेसले कुनै पनि हालतमा बहुलबादमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।
उहाँले माओवादीले चाहेको नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला पनि शान्ति प्रक्रिया अगाडि बढाउन माओवादी ईच्छुक नदेखिएको भन्दै तत्काल हतियार बुझाउने कब्जा सम्पत्ति फिर्ता गर्ने र वाईसीएलको अर्ध सैनिक संरचनाको अन्त्य गरेर विश्वासको बातावरण बनाउन सुझाव दिनुभयो ।
सभापति कोइरालाले स्वर्गिय गिरिजाप्रसाद कोइरालाले जुन लचकताका साथ माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पहल गर्नुभयो त्यस्तै लचकता माओवादीले शान्ति प्रक्रियालाई अगाडि बढाउन प्रस्तुत हुनुपर्ने सुझाव दिनुभयो ।

No comments:
Post a Comment