नेपाल राष्ट्र कयौं राष्ट्रहरु मिलेर निर्माण भएको कुरामा हामी सबै नेपाली अन्ततः सहमत भएका छौं । वर्षौदेखिको षड्यन्त्रपूर्ण राज्य साचालन गर्ने तरिकाका कारण ती राष्ट्रहरुका पहिरन भाषा संस्कृति तथा सभ्यतालाई खसवादमा रुपान्तरण गर्ने गैरराजनीतिक प्रयास आजसम्म जारी नै छ । यी खलनायकहरुले जति प्रयास गरेपनि यो देशमा दुईटा राष्ट्रहरुको झझल्को प्रष्ट रुपमा देखिने गर्दछ । मधेश राष्ट्र तथा खसवादी राष्ट्र ।
नेपालको इतिहासमा विभिन्न कालखण्डमा भएको राजनीतिक आन्दोलनहरु मधेश जनआन्दोलन दुई तथा मधेश आन्दोलन-१ तथा २ ले आमूल परिवर्तन ल्यायो । यी जनआन्दोलनहरुले दुईटा राजनीतिक वादको जन्म दिन सफल रह्यो मधेशवाद तथा माओवाद । साथसाथै यी आन्दोलनहरुले खसवादी राष्ट्रियतालाई जरैदेखि हलाउन सफल रह्यो एवं थुप्रै राष्ट्रहरु मिलेर नेपाल राष्ट्रको निर्माण भएको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न सफल रह्यो । हुनत माओवादको लागि यो देशमा दश वर्षे जनयुद्ध पनि भएको छ । २० हजार जना नेपालीले ज्यान गुमाउन परेको छ हजारौं घाइते भएका छन्् । घरबार विहीन भएका छन् साथै हजारौं बालबालिका टुहुरा भएका छन् । तसर्थ धेरै मूल्य चुकाई माओवादको जन्म भएको र यसलाई संस्थागत गर्ने कुरामा यो विचारलाई नेतृत्व गर्ने नायकहरु सापेक्षिक रुपले प्रतिबद्ध देखिन्छन् । अर्कोतिर वर्षौ देखिको उपेक्षा उत्पीडन तथा दासतालाई तोड्दै सम्पूर्ण मधेशी जनताले ल्याएको ुमधेशवादु जो यो देशको आधा भन्दा बढी जनसंख्यालाई प्रतिनिधित्व गर्दछ आज नालायक नेतृत्वकर्ताहरुका कारण अल्पत्र पर्ने अवस्थामा देखिन्छ । साथै मैथिलीमा एउटा उखान छ ुपुर्नरमुस्कौं भवःु अर्थात रातभरि करायो । दक्षिणा हरायो मधेशवादलाई संस्थागत हुन नदिन सम्पूर्ण मधेशलाई विभाज्य रुपमा प्रस्तुत गरिन्छ तथा यसलाई धुम्लयाउन अनेकन षड्यन्त्रहरु गरिदैछ । तसर्थ मधेशवाद संस्थागत नहुँदै स्खलित हुने खतरा बढेको छ ।
मधेशवाद स्खलित हुने कुराको केही आधारहरु ः
क सैद्धान्तिक विचलन ः मधेशवादलाई समय सापेक्ष राजनीतिक सिद्धान्तमा रुपान्तरण गर्न नसकेको अवस्था छ । साथै मधेवादमा विश्वास नै नभएका व्यक्तिहरुको हातमा मधेशी पार्टीहरुको डांडु-पुन्यु हुनु । तसर्थ प्रायः सबै जसो नेतृत्वकर्ता नेताहरु जसले मधेशवादको नाममा राजनीति गरेर लाभांश राम्रै उठाइरहेका छन् सैद्धान्तिक रुपले मधेशवादलाई निरपेक्ष रुपमा अँगालेको पाइदैन वा सैद्धान्तिक रुपले विचलन भएको अवस्था छ ।
ख कमजोर तथा भ्रष्ट नेतृत्व पक्ष ः मधेशवादलाई संस्थागत गराउँछु भनेर थुप्रै पार्टीहरु निर्माण भएको छ । यहाँसम्मकी टुट-फुटको शृंखला जारी नै छ । तर जतिवटा पार्टीहरु स्थापना भएपन मानिसहरु पुरानै छन् र कार्यशैली पनि पुरानै हो । मधेशको नेतृत्वकर्ता नेताहरु अत्यन्त कमजोर मानसिकताले ग्रसित देखिन्छन् । संघर्ष गर्ने त्याग गर्ने एवं बलिदानीको त कुरै नगर्नुस् यी कुराहरुसँग मिलौं टाढा छन् । ूतातै खाउँ जली मरौंू भन्ने चरितार्थ भएको छ । यिनीहरु टुटफुटको जे कारण देखाए पनि आर्थिक भागवण्डा नमिल्नु मन्त्रीहरुमा नाम नपर्ने खतरा तथा फरक विचारलाई अँगाल्नै नसक्ने मानसिकता एवं कमजोर जनाधार नै हो । मधेशी दलहरुमा अध्यक्षहरु भाग्यविधाताको रुपमा कार्य गर्छन् र पकेट साइजको मान्छेलाई मात्र बढावा दिन्छन् । हुनत आफै महादेव उतानो कसले दलो वर भने जस्तो यिनीहरुको पकेट फेरी त्यति लामो पनि छैन कि अलि ठूलो कदको इमान्दार नेता तथा कार्यकर्ता अटान सकोस् । तसर्थ यिनीहरुको कमजोर मासिकताको कारण आज मधेशवादको उपहास भएको अवस्था छ । साथै राष्ट्रमै एकजना महन्थ ठाकुर बाहेक भ्रष्टाचारमा डुङ्गडुङ्गति गन्हाएको मान्छेहरु मधेशका मसीहा भएका छन् जसको एकल उद्देश्य राष्ट्र ढुकुटी कसरी रित्याउने । कहिलेकाहीं मान्छे व्यङ्ग्य पनि गर्छन् के भएको हो मधेशी समुदायलाई यस्ता भ्रष्टाचारीलाई किन नेता मानेका होलान् भनेर वास्तवमा यिनीहरुको कि्रयाकलापले खतरा बढेको छ । मधेशी नेताहरु आफै कमजोर निरीह एवं हिन भावनाले ग्रसित छन् । यिनले कसरी मधेशी जनतालाई अधिकार सम्पन्न बनाउलान् भन्ने आवाज विभिन्न कुनाबाट उठ्दैछन् ।
ग एक मधेश एक प्रदेशलाई नाराको रुपमा प्रयोग ः खास गरेर मधेश आन्दोलनको दौरान मेची देखि महाकालीसम्म ूएक मधेश एक प्रदेशूको माग माग जनताले गरेका थिए तर यी नेताहरु समयक्रममा यसलाई एक मधेश स्वायत्त प्रदेशको रुपमा राष्ट्रसँग सम्झौता गरे तर दुर्भाग्यवश भन्नु पर्दा अहिले यसलाई नाराको रुपमा सीमित गरिदिएको अवस्था छ । मधेशी दलहरुको नेतृत्व तहमा काम गर्ने नेताहरुलाई नै विश्वास छैन यो माग पूरा गराएरै विश्राम लिन्छु भनेर । यतिसम्मकी दलहरुमा भएका आन्दोलनसँग जुडिएका नेता तथा कार्यकर्ताहरु यस्तो रवैयाबाट दुःखित भएका छन् र सार्वजनिक रुपमै नेतृत्वप्रति अविश्वास गर्दछन् । हुनत मधेशसँग निहीन मुद्दाहरु मधेशी जनतासँग छन् र जुन पार्टीले त्यसलाई सम्बोधन गर्न सक्छन् तिनैलाई मधेशी जनताले शीरको ताज बनाउने छन् । ुदेर है पर अन्धेर नहींु भन्या जस्तै जनताले यी नेताहरुसँग हिसाव किताव पक्कै गर्नेछन् । फोहोरलाई कुचोले बढार्नेछन् ।
घ खसवादी षड्यन्त्र ः मधेशवाद नै छैन भन्दै हिड्ने खसवादी नेताहरु राष्ट्रको सम्पूर्ण शक्ति मधेश केन्द्रित गरेर यसलाई कमजोर तुल्याउन अनेकन षड्यन्त्रहरु गर्दैछन् । प्रहरी सेना कर्मचारी केही दलाल प्रवृत्तिका बुद्धिजीवीहरु राष्ट्रिय मिडिया आदिलाई प्रयोग गर्दै मधेशलाई विभाजित रुपमा प्रस्तुत गर्दै आएको अवस्था छ । हुनत यिनको टाउको दुःखाई कहाँ छ भने मधेशको मुद्दामा सारा मधेश एक भएको कयौं दृष्टान्तहरु पनि छन् । मधेशवादलाई हिन्दू मुसलमान जातियता लिङ्ग वर्ग भौगोलिक आर्थिक आदिको आधारमा विभाजित रुपमा प्रस्तुत गर्नु मधेशवाद ऊपरको षड्यन्त्र हुनु हो ।
ङ सत्तामुखि राजनीति ः मधेशवादलाई कमजोर पार्ने अर्को आधार हो सत्तामुखि राजनीति । मधेशी दलहरु जति पटक सरकारमा गएको छ त्यति पटक फुटेको दृष्टान्त हाम्रो सामु छ । र सरकारको यात्रा बडो दुःखदायी पनि भएको छ । हरेक दल सरकारमा गइसके केही व्यक्तिहरु सवल पनि भए तर पार्टीहरु कमजोर भएको छ । मधेश कमजोर भएको छ । दुर्भाग्यवश सरकारमा गएन भने पार्टी फुट्ने हो कि भन्ने बुझाई अध्यक्षहरुको छ भने सरकारमा गएको अवस्था त फुट निश्चित हो भन्ने परिणामले देखाउँछ । तसर्थ यसलाई व्यवस्थापन गर्नुपर्दछ ।
च फरक विचारलाई निर्मूल पार्ने सोच ः कुनै पनि राजनीतिक दल विचार संगठन तथा उत्साहले अगाडि बढ्न सक्छ । राजनीतिक संगठनहरु द्वन्द्वात्मक संगठन हो । यहाँ द्वन्द्वलाई प्राश्रय दिइनु पर्दछ । तर मधेशी दलहरुमा द्वन्द्वलनई निषेधित गर्नु पर्दछ भन्ने मान्यताले जडा गाडेको अवस्था छ । अझ भन्ने हो भने अध्यक्षहरुको बारेमा त कल्पना पनि गर्न सकिदैन । फरक मत राख्ने किनकी यिनीहरु फरक मत राख्नेलाई आफ्नो दुश्मन पार्टी विरोधी तत्वको रुपमा लिन्छन् र त्यस्तो फरक विचार राख्ने व्यक्तिहरुलाई सिध्याउन लागि पर्दछन् सकेन भने फुटेर जाओस् भन्न ठान्छन् । अध्यक्षहरुको नामसँग जोडेर पार्टीको उच्चारण गर्ने गरिन्छ । ठाकुर जीको तमलोपा उपेन्द्र जीको फोरम गुप्ताजीको फोरम गच्छेदार जीको फोरम महेन्दी जीको तमलोपा महतो जीको सद्भावना अनिल जीको सद्भावना आदि । यो विशेषण पाउन यी नेतृत्वहरु ललायित भएको अवस्था छ तर यी व्यक्तिहरु फरक विचारलाई सामूहिक नेतृत्व दिन सफल हुनु भयो भने मधेशको कल्याण निश्चित छ ।
छ कमजोर जनाधार भएको मानिसहरु नेताको रुपमा स्थापित भए यहाँसम्मकी जीवनको कुनै कालखण्डमा मन्त्री बन्छु भन्ने कल्पना नगरेका मानिसहरु मन्त्री बनी बैत्तरनी पार गरे । यस्ता मानिसहरु पकेट साइजमा बस्छन् भनेरै मधेशी दलका अध्यक्षहरु यिनलाई पार्टीको प्रमुख पदमा बहाल गरी प्राविधिक रुपमा यिनलाई नेता मान्न जुझारु कार्यकर्ताहरुलाई बाध्य तुल्याएको अवस्था छ । संस्कार चरित्र शिक्षा निष्ठा इमान्दारिता नभएकाहरुलाई जसले मधेशवादको लागि कहिल्यै लडेन यिनलाई जय मधेश भनेर सम्बोधन गर्नु पर्दा कति मन कुडिन्छ कार्यकर्ताहरुको तसर्थ यसको सफाया गर्नुपर्दछ ।
ज विदेशमुखि बोली ः मधेशवाद कुनै छिमेकी मुलुकले ल्याएको सन्देश होइन तसर्थ यसको स्थापनार्थ हरी झन्डीको खाँचो पनि छैन । अन्य मुलुकबाट र कुनै छिमेकी देशको हामी प्रवक्ता पनि होइन । जसले हाम्रो मुद्दामा सहयोग गर्छन् । उसँग सहकार्य गरी अगाडि बढ्नु पर्दछ साथै मधेशको मुद्दाहरु जोडदार रुपले उठाउन पछि पर्नु हुँदैन चाहे जोसुकैलाई उप्ठ्यारो किन नपरोस् । मधेशी जनताको पार्टी बनाउनु पर्दछ नकी क्ष्ल्न्इ ।
यिनै कारणहरुले गर्दा मधेशवादमा खतरा देखिन्छ र यसलाई संस्थागत गर्न यी समस्याहरुलाई मधेशी जनता कार्यकर्ता बुद्धिजीवी नेता एकताबद्ध भई अगाडि बढ्नु पर्दछ । साथै मधेशवादको विरुद्धमा काम गर्नेहरुको विरुद्धमा हल्ला बोल अभियान चलाउनु पर्दछ । यसको नेतृत्व युवा साथीहरुले गर्नु पर्दछ । जय मधेश !
No comments:
Post a Comment