- एम। समीर / २६० २२ु देखि ३०० २७ु उत्तरी अक्षांश र ८००४ु देखि ८८० १२ु पूर्वी देशान्तरको बीचमा अवस्थित नेपालको क्षेत्रफल १४७१८१ वर्ग कि।मि छ । यस भूपरिवेष्ठित देशले विश्वको मानचित्रमा ०।०३५ र एशिया महादेशको ०।०३५ भूभाग ओगटेको छ । उक्त क्षेत्रफलको पूर्वी सिमाना मेची नदी र पश्चिममा महाकाली नदीको बीचको दक्षिणतिरको २३ प्रतिशत भूभाग ओगटेको तराई प्रदेशमा मुलुकको झण्डै ५० प्रतिशत जनसंख्याको बसोबास रहेको छ । समुद्री सतहबाट ७० मि।देखि ६१० मि। उचाईसम्म फैलिएको यस भूभागको जलवायु उष्ण सदावहार वनस्पति पाइन्छ । यहाँ वर्षमा ६ वटा ऋतुमा विभाजन गरिएको छ ।
कृषिलाई मुख्य पेशा मानिएको यस क्षेत्रमा लगभग ९० प्रतिशत जनता कृषिमा नै आश्रित छन् । तर तराईको समग्र भू-बनोट र प्राकृतिक सम्पदालाई विश्लेषण गर्दा यहाँ कृषि सँगसँगै पयर्टनको प्रचुर सम्भावना रहेको तथ्य उजागर हुन्छ । यहाँ रहेका ३ वटा वन्यजन्तु आरक्ष कोशीटप्पु पसा्र शुक्ल फाँटा २ वटा राष्ट्रिय निकुाज चितवन बर्दिया यहाँको जैविक तथा सांस्कृतिक विविधता धार्मिक पवित्र स्थलहरु बराहक्षेत्र जनकपुर सहलेश छिन्नमस्ता लुम्बिनी र यहाँका अन्य प्राकृतिक सम्पदाहरु आफैमा प्रचुर पर्यटकीय सम्भावनाहरु छन् । ऐतिहासिक धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका दर्जनौं ताल तलैया र पोखरीका साथै यहाँका मन्दिरहरु पनि पर्यटकीय गन्तव्यहरु हुन सक्छन् । देशको सम्पूर्ण आयको ८० प्रतिशत भार तथा देशलाई चाहिने खाद्यान्नको ७० प्रतिशत भार यस क्षेत्रले धान्नु परेपनि यहाँ पर्यटनको समुचित विकासको पहलकदमि हुन सकेको छैन ।
नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको अर्थतन्त्रमा पर्यटनको भूमिका अझ सशक्त रहेको छ । १९९८ तिर विदेशी मुद्रा विनिमयको १८ प्रतिशत र कुल गार्हस्थ उत्पादकको ४ प्रतिशत उपलब्धि पर्यटन क्षेत्रबाट प्राप्त हुन्थ्यो भने अहिले यो झरेर क्रमशः १५ प्रतिशत र १।७ प्रतिशत मा आइपुगेको छ । द्यबबिलअभ या एबथुभलत र द्यबबिलअभ या त्चबमभ लाई सन्तुलन गर्न पनि पर्यटन उद्योगको ठूलो भूमिका हुन सक्छ । विश्वमा दोस्रो ठूलो उद्योगको रुपमा द्रुत गतिमा विकास भइरहेको पर्यटनले देशको अर्थतन्त्रलाई भौतिक र आर्थिक दुई तरिकाले सघाउ पुर् याउन सक्छ ।
भौतिक रुपले यसले विकास निर्माणका कार्यहरुलाई विस्तार गर्दै जनताको पहुँचलाई देशको विभिन्न भागसम्म पुर् याएर राष्ट्र विकासमा टेवा पुर् याउन सक्छ । आर्थिक रुपले यसले स्थानीय स्तरमा रोजगारीको श्रृजना गर्छ राजस्व अभिवृद्धि भई सरकारको ढुकुटी बढ्ने र साथै कुल गार्हस्थ उत्पादन र प्रतिव्यक्ति आय बृद्धि भई गरिबी निवारणमा सहयोग पुर् याउँछ ।
तराई-मधेशमा पर्यटनको अवस्था
पर्यटनको लागि खुल्ला भएको झन्डै पाँच दशक बितिसक्दा पनि तराईको चितवन राष्ट्रिय निकुाज र लुम्बिनी क्षेत्रमा भएका केही कार्यहरु बाहेक अन्य पर्यटकीय सम्पदाहरुलाई गन्तव्यका रुपमा विकास गर्न सकिएको छैन । सन् १९७२ मै जनकपुर बराह क्षेत्र र लुम्बिनी आसपासका क्षेत्रहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा प्रस्ताव गरिए तापनि १९८५ मा मात्र लुम्बिनी विकास कोषको स्थापना भयो । त
No comments:
Post a Comment