Total Pageviews

Tuesday, September 13, 2011

0

छोराहरुछुट्याउन जाँदा बाबुको मृत्यु

भद्रपुर । छोराहरुको झगडा छुट्याउन खोज्दा झापामा एक बुबाको मृत्यु भएको छ ।चारपाने–१ बस्ने ५९ वर्षीय मानबहादुर राईको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छोराद्वय वीरबहादुर राई र विष्णुबहादुर राई एकापसमा झगडा गरिरहेको बेला छुट्याउन खोज्दा बुबा मानबहादुर घरको खम्बामा ठोक्किन पुगी गम्भीर रुपले घाइते भएका थिए । उनलाई विर्तामोडस्थित कञ्चनजङ्घा अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा उनको मृत्यु भएको हो ।प्रहरीले अनुसन्धानका लागि दुबै छोरालाई पक्राउ गरेको छ । यता विषादी सेवन गरेका एक व्यक्तिको यहाँ मृत्यु भएको छ । अनारमणि–३ बस्ने ३८ वर्षीय कमल थापाको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रातको समयमा उनले विषादी सेवन गरेपछि परिवारजनले थाहापाई उपचारका लागि राति नै विर्तामोडस्थित कन्काई अस्पतालमा भर्ना गरिएको थियो ।

No comments:

Post a Comment