Total Pageviews

Tuesday, September 13, 2011

0

समितिको बैठक बिना निष्कर्ष सकिएको छ

संवैधानिक समितिको बैठक बिना निष्कर्ष सकिएको छ  । नयां संविधानको एकीकृत मस्यौदा तयार पार्ने मुख्य जिम्मेवारी पाएको संवैधानिक समितिको बैठकमा  विवाद समाधान उपसमितिले गरेका कामको प्रगतिको समीक्षा  गरिएको थियो ।बैठकमा संविधान निर्माण क्रममा देखिएका जटिलता हटाउने विषयमा छलफल भए पनि कुनै सहमति नभएको बताइएको छ । बैठकमा नेपाली कांग्रेसले शान्तिप्रक्रिया टुंगो नलागेसम्म संविधान लेखनको काम रोक्नु पर्ने अडान लिएको बुझिएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान लेखन भन्दा पहिला शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउनु पर्ने अडान दोहोर्‍याएर केहीबेरमै बैठक कक्षबाट बाहिरिनुभएको थियो ।माओवादीले भने विवाद समाधान गर्न नसक्ने भए उपसमितिको अस्तित्व राखिरहनुको कुनै औचित्य नरहने भन्दै उपसमिति विघटनको प्रस्ताव गरेको बुझिएको छ । संयोजकसमेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले उपसमिति विघटनको प्रस्ताव राख्नुभएको एक सदस्यले जानारी दिए । बैठकमा उपसमितिको म्याद थपका विषयमासमेत छलफल भए पनि कुनै निष्कर्ष भने आउन सकेन ।

No comments:

Post a Comment