Total Pageviews

Monday, September 12, 2011

0

सुबिसुधाका एल्बम तथा पुस्तकहरु सार्वजनिक


काठमाडौ । साहित्यकार एवम् साचारकर्मी सुबिसुधा आचार्यको दुई कृतिहरु रहस्यमय भोगाइ कथासङ्ग्रह दोस्रो संस्करण र सत्यघटनामा आधारित गीतिकथाको श्रब्यसङग्रह मभित्रको म काठमाडौंमा एक समारोह बिच लोकार्पण गरियो ।
कृति बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले रहस्यमय भोगाइ कथासङग्रहका बारेमा भने- ुयस्तो यथार्थवादी कथाहरु कि भोगेर लेख्न सकिन्छ कि घटनाका पात्रहरुसँग महिनौ दिन लिप्त भएर मात्र लेख्न सकिन्छ । सुबिसुधाको लेखन क्षमता आकर्षक छ ।ु ठेट नेपाली भाषामा लेखिएको सुबिसुधाका कथाहरुले समाजमा देखिएका विकृति बिसङ्गतिलाई सुधारोन्मुख तिर लैजाने दाबी समेत घिमिरेले गरे ।
कार्यक्रममा बोल्दै चलचित्र निर्देशक रमेश बुढाथोकीले भने -ुरहस्यमय भोगाइ कथासङग्रहले समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिको पर्दाफास गरेको छ ।ु नेपाली सिनेमा क्षेत्रकी चर्चित नायिका ऋचा घिमिरेले सुबिसुधाको सत्यघटनामा आधारित श्रब्यसङग्रहमा मानवीय ब्यवहारमा घटेका यथार्थपरक वेदना र भावहरु मार्मिक कारुणिक रुपमा समेटिएको दाबि गरिन् । कार्यक्रममा दैनिक पत्रिका राष्टिय साजालका अध्यक्ष केशव देवकोटाले सुबिसुधा आचार्य बहुमुखी प्रतिभाकी धनी संचारकर्मी भएकीले कथानक रिपोटिङ्ग गर्दै आएकी छिन् भन्ने कुरा उल्लेख गरेका थिए ।
त्यस्तै प्राध्यापक गोपिकृष्ण शर्माले नौलो परिवेश र रोचक शैलीका नेपाली समाजका यथार्थपरक कथाहरु भएको बताउँदै नयाँ शैली लिएर देखा परेकी आचार्यको कलम तिखो भएकाले उनको लेखन खुबी बढ्दै गएको बताए । डा। दुर्गाप्रसाद अर्यालले सुबिसुधाका कथाहरुले जोसुकैको मन मस्तिष्कलाई पनि बौधिक र विस्मयकारी विधुतीय चक्करमा पार्ने बताउँदै कथाहरु बहुउदेश्य भएको बताएका थिए ।
विमोचित मभित्रको म अडियो सिडिमा रुपा बिमल अम्बिका प्रधान र रमाइलो सुवासले स्वर दिएका छन् । साथै प्रगति पुस्तक सदनबाट प्रकाशित रहस्यमय भोगाइ कथासङ्ग्रहमा मा रोचक डेढ दर्जन कथाहरु संलग्न छन् । कृतिहरु काब्यसुधा डटकमले आयोजना गरेको सो कार्यक्रम रामचन्द्र खड्काको सभापतित्वमा सम्पन्न भयो ।

No comments:

Post a Comment