Total Pageviews

Monday, September 12, 2011

0

सुरक्षाप्रमुखको पछिपछि प्रतिबन्धित सामान खासा निकासी


सिन्धुपाल्चोक । सादापोशाकमा सुरक्षाकर्मी राखी १ सय ५० टन रक्तचन्दन खासा पठाइयो । जिल्ला सुरक्षाप्रमुखको पछिपछि नेपालका व्यापारिले १ सय ५० टन प्रतिबन्धित रक्तचन्दन चीनको स्वशासीत क्षेत्र तिव्वतको खासा निकासी गरेकाछन् । गएको मंगलबार नेपालबाट तिव्वतको अध्ययन भ्रमणमा निस्कीएको सो सुरक्षाप्रमुखको आडमा रक्तचन्दन खासा निकासी गर्न सफल भएको एक उच्च स्रोतले जनाएको छ । ५ वटा मालबहाक कन्टेनर भ्यानमा लोड गरिएको सो रक्तचन्दनलाई सिन्धुपाल्चोक र काभ्रेपलााचोक जिल्लाको सिमाना दोलालघाटबाट सादा पोशाकमा रहेका सुरक्षाकर्मीको स्कटिङ गरि खासा निकासी गरेको जनाएको छ । सादा पोशाकमा रहेका ती सुरक्षाकर्मीले इसारा दिदै कुनैपनि चेकपोष्टमा सो गाडीहरु नरोकीकनै भन्सार गेटबाटै सो चन्दन खासा निकासी गरेको हो । नेपाल र चीनबीच हुने विभिन्न सुरक्षाकाबारेमा छलफल गर्ने उदेश्यले एक जम्बोटोली चीनको तिव्वततर्फ गएको मौका पारेर सोही टोलीको पछिपछि प्रतिबन्धित रक्तचन्दन खासा निकासी गरेको खुलासा भएको छ । मंगलबार गृह सहसचिबको नेतृत्वमा गएको एक जम्बाटोलीको पछिपछि रक्तचन्दन व्यापारिलो ठूलोमात्रामा रक्तचन्दन खास निकासी गरेकाहुन । गृहसहसचिब शंकरप्रसाद कोईरालासहित तातोपानी भन्सार नाकाबाट चीनको स्वशासीत क्षेत्र तिव्वतको साताव्यापी भ्रमणमा गएको टोलीको पछिपछि १ सय ५० टन रक्तचन्दन खासा निकासी भएको हो । सो रक्तचन्दन माओबादीका अग्नीप्रसाद सापकोटा र कृष्णबहादुर महाराका छोराहरुले सो रक्तचन्दन खास निकासी गरेको खुल्न आएको छ । सो बारेमा प्राप्त जानकारी अनुसार मध्यायनमा जम्बो टोली तातोपानी भन्सार नाका पुगेको केही समयपछिनै सो रक्तचन्दन बोकेर गएको ४ वटा मालवहाक कन्टेनर भ्यान सहित सामान लिन जान लागेको भन्दै खासा निकारी भएको स्रोतले जनाएको छ । सो रक्तचन्दन खासा निकासी गर्ने सिन्धुपाल्चोक जिल्ला अधिकारीप्रमुख प्रहरी अधिकृतजनपद र सशस्त्रको टोललिे सो सामान चेकजाच नै नगरि पठाउको खुल्लन आएृको हो । सो मार्गको प्रयोगगरि नेपाली व्यापारिहरुले अहिले आफ्नो प्रत्यक्ष संलग्नतालाई पछाडी राखी नयाँ व्यक्तिलाई रक्तचन्दन बोकाई सिमापार गर्ने गरेकाछन । पहिलो चरणमा सो मार्ग प्रयोग गरि नेपाल्ाी व्यापारीहरुले प्रतिबन्धित सामाग्रीलाई सरकारी कर्मचारीकै मिलेमतोमा हुने गरेको यस्ता कार्यालाई प्राथमिकताका साथ सो कार्यमा तिब्रता ल्याएकाछन् । न्ोपाली व्यापारिले सुरक्षा निकाय र भन्सार कर्मचारीको मिलेमतोमा हुने गरका यस्ता कार्यमा पछिल्लो चरणमा नेकपा एकीकृत माओबादीका पोलिटव्यूरो सदस्य अग्नीप्रसाद सापकोटा र कृष्णबहादुर महराको सन्तानहरुले संगालेको खुलासा भएको छ । भारतबाट अबैधरुपमा नेपाल भित्राएको सो रक्तचन्दनलाई नेपाली व्यापारीहरुले खरिदगरि आफ्नो लगानी नडुवोस भन्ने हेतुले एकीकृत नेकपा माओबादीका सदस्यलाई हात लिएको एक उच्च स्रोत ले जनाएको छ । व्यवसायीहरुले भारतबाट रेडउडको नाममा नेपाल भित्राउने गरेको सो रक्तचन्दनलाई नेपालबाट अग्नीप्रसाद सापकोटाका कान्छोछोरा अनुशिल सापकोटाले चीनको स्वसाशीत क्षेत्र तिव्वतको खासा बजार पुर् याउने गरेको खुलासा सो स्रोतले जनाउको छ । प्रतिबन्धित सामानहरुको कारोबार गरेर रातारात अर्बपति बन्न्ा सफल भएका अधिकाशं व्यापारिहरु आफ्नो सहि पहिचान नै लुकाउने र भरीया र कामदारको नाममा व्यापारिक फर्म दर्ता गरि सामानको तस्करी कार्य गर्दै आएको लामो सयम वितेको छ । सो अबस्थामा सरकारी कर्मचारी र सुरक्षानिकायको मिलेमतोमा हुने गरेको अबैध कारोबारलाई भने निरन्तरता दिदै व्यापारिहरु लागी परेको अबस्थामा पछिल्लो चरणमा सो कार्यलाई खुलेर राजनीतिक दलहरुको सहयोगमा सामान नियौत गरिरहेका छन् । सुरुका दिनमा सत्तामा रहेको पार्टीका कार्यकर्तालाई प्रयोग गरि व्यवसाय गरिरहेको अबस्थामा पछिल्लो चरणमा सो कार्याभन्दा माथी उठी सिधै केन्दीय आर्शीबादमा अबैध कारोबार गर्ने थालेका छन् । अबैधरुपमा व्यापारिक कारोबार गरेका व्यवसायीहरुले रक्तचन्दनसुनाखरीसालको खपटाछाला विदेशी मुद्राको कारोबार गर्दे आएकाछन् । सो कार्यमा सिन्धुपाल्चोकका व्यापारि तथा भरिया राजेन्द्रकुमार श्रेष्ठविष्णु बहादुर खत्रीसुमन खत्री लगायत अन्य समुह सकि्रय रहेकाछन् ।




No comments:

Post a Comment