Total Pageviews

Monday, September 12, 2011

0

कार्यालय छैन ठगी छ

पोखरा । बेनामको कार्यालय कै भरमा साचालन नै नरहेको कार्यालयको नामबाट कर्मचारी माग गदै विज्ञापन गरेर निवेदन बापत शुल्क लिएर फरार भएका छन् । त्यो समुहले विभिन्न व्यवसायी सँग समेत गलत आश्वासनमा रकम लिएको खुलेको छ । सभागृह चोकमा असुल्ने भनिएको श्रीकृण्ण इन्टरप्राइजेजका प्रबन्धक बताउने मोहन कोइरालाले निवेदकको रकम र केही व्यवसायीबाट नगद र जिन्सी लिएर फरार भएका छन् । चितवनको भरतपुरमा व्यवसाय गदै आएको उक्त इन्टरप्राइजेजको पोखरा शाखाका लागि भन्दै बजार प्रतिनिधि देखि एकाउन्टेन्ट पदका कर्मचारी आवश्यक परेको विज्ञापन कोइरालाले गरेका थिए । मासिक ४ हजार देखि सात हजार पाँच सय तलब तोकी स्थानिय साचारमाध्यममा उनले विज्ञापन गरेपछि ४७ जनाले फाराम भरेका थिए । शुक्रबार अन्तवार्ता तोकेका कोइरालाले निवेदन शुल्क स्वरुप प्रति व्यक्ति २ सय ५० रुपियाँ लिएका थिए । तर गत शुक्रबार देखि कोइराला फरार छन् । उनले प्रयोग गर्ने मोवाइल स्वीचअफ छ । फाराममा इन्टरप्राइजेजको शाखा कार्यालयको दर्ता नम्बर १८६६।०६१। ६२ उल्लेख छ । निबेदकले सभागृहस्थित जयदुर्गे कम्युनिकेशन एण्ड साइबरबाट फाराम भरेका थिए । साइबर साचालक यमबहादुर रेग्मीले सगैको घरमा फ्ल्याट लिने कुरा कोइरालाले बताएकाले निवेदकका लागि सजिलो हुने उनकै आग्रहमा फाराम वितरण गरेको बताए । भरतपुरमा मुख्य कार्यालय रहेको र पोखरामा शाखा खोल्न लागेकोले विश्वासमा पर्दा ठगियौ उनले दुखेसो पोखे । कोइरालाले रेग्मीको कम्प्युटर टाइप पि्रन्ट र अन्य फोटोकपी लगायतमा १७ हजार लिएका यसैगरि सभागृह चोकस्थित पिनाकल कम्प्युटर सप्लायस्रबाट ५० हजार मुल्यको डेल ल्यापटप समेत लगेका छन् । रेग्मी र पिनाकल कम्प्युटर सप्लायस्रले कोइरालाबाट आफुहरु ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।




No comments:

Post a Comment