भारतभूमि अहिलेका ठूला नेपाली नेताहरुको तिर्थस्थान हो ज्ञानभूमी हो भन्ने कुरा त्यसै मध्यका नेताहरुले नै भन्ने गरेका हुन । हुन पनि हो नेपालमा जेजति घटना हुन्छन तिनिहरुमा भारतिय नेता कै मर्जि हुने गर्दछ । सबै भारतिय नेताहरु यसै गर्दछन भन्ने चाँही हैन तर भारत संघ बनेपछि सबैभन्दा लामो समय सरकारमा रहेको दल त्यसका नेता तथा उसका सहयोगी दलको यहि धारणा रहेको छ । आफ्ना छिमेकीहरुलाई हमेशा दवावमूलक सहयोग अहोरात्र प्रदान गर्ने यो समुह अंग्रेजलाई भारत आफैले मात्र छोडाएको हो भन्ने मान्यता राख्दछ । अंग्रेजको दासत्वबाट मुक्ति पाएपछि आफ्नो दासत्वमा भारतिय मात्र होईन छिमेकीहरु पनि रहुन भन्ने आशयका साथमा काम गर्ने गर्दछ । माओवादीलाई सत्तारोहण गराउन भारत सरकारका प्रतिनिधि भएर आएका सिताराम यचुरी हुन वा खिसिक्क केहि भयो कि भारतिय प्रधानमन्त्रीको बिषेश दूत भनेर नेपाली नेताहरुलाई पुनर्ताजगी तालिम दिन आएका प्रशिक्षकहरु सबैको यो उपस्थिति आफ्ना चेलाहरुलाई सहायता गर्ने हो ।
हालै भारतमा घटेका घटनाहरुले ती नेपाली नेताका प्राध्यापकहरुको सोचाइृमा लोकतन्त्रको परिभाषा के रहेछ भनेर प्रष्ट पारेको छ । जव राजनीतिक नेताहरु भ्रष्टाचारमा लिप्तभएका तथ्यहरु खुल्न थाले र यस्तो रकम विदेशमा राखेको भेद खुल्यो तव केही देशप्रेमी भारतियहरुको मन पोल्यो । प्रख्यात योगगुरु रामदेवले विदेशिएको त्यो रकम देशमा फर्काउने अभियान चलाए । समाजसेवाले परिचय बनाएका अन्नाहजारेले उच्चस्तरको भ्रष्टाचारलाई छानविनको घेरामा ल्याउन आबश्यक कानून बनाउन दवाव दिने कार्यक्रमहरु आयोजन गरे । तर विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र दावी गर्ने मुलुकका संचालकहरुले त्यो आवाज दवाउन जे गरे त्यो विश्वको प्रजातन्त्र इतिहासमा नै कलंकित भयो ।
मध्यरातमा निन्द्रामा रहेका धर्नाकारी माथि प्रहरीको फौजले आक्रमण गरेर तितरवितर गर्नुलाई प्राय सबैले अंग्रेजले गरेको जलियावालावागको नरसंहारको समकक्ष माने । त्यस पछि शुरुभयो त्यस आन्दोलनमा लाग्नेहरु उपरको छिद्राण्वेषन । रामदेवका संस्थानहरुको आयकरका फायलहरुमा पूर्णविराम र अर्धविराम समेतको अध्ययन गरियो । उनका सहायक बालकृष्ण उपर मुद्धा लगाईयो भारतिय कांग्रेसका ठूला नेताहरुले रामदेवलाई आफ्ना गुरुघाती भनन पनि वेर लगाएनन् । स्वतन्त्र भारतका नागरिकले आफ्नो मर्जि अनुसार कानुनको दायरामा रहेर गर्न पाउने काम मध्ये राजनीति पनि पर्दछ तर कांग्रेसका नेताहरुले सार्वजनिकरुपमै रामदेवलाई राजनीति नगर्न चेतावनी दिए । रामदेव हिन्दु भएकोमा गाली समेत गरे । यतिले मात्र नपुगेर कांग्रेसले आफ्ना कार्यकर्तालाई रामदेवको योग शिविरमा नजान ह्विप समेत जारी गर् यो ।
अन्ना हजारेले पनि रामदेवलाई झै सास्ती दिने प्रयत्न भयो । सेनामा ड्राईभर हुँदा जग हराएको र त्यसको मोल अनि जरिमाना तिरेको कुरा समेत भारतिय खोज निकायहरुले खोजेर निकाले । संभवत उनलाई पनि रामदेवको शिविरमा आक्रमण गरे झै आक्रमण गरिन्थ्यो होला तर प्रहरीको पुर्व अधिकारी किरण बेदी पनि उनका सहायक भएकाले त्यसो भने भएन । तिहाड जेलको यात्रा भने अन्ना हजारेले गर्नु पर् यो । केन्द्रिय मन्त्री समेत रहेका कांग्रेसका नेताहरुको नयाँ मिसन अन्ना हजारेलाई गाली गर्नु भयो । सरकारको विरोध गर्न सरकार कै अनुमति चाहिने अनौठो कानुन रहेछ विश्वको सबैभन्दा ठूलो दावी गरिने लोकतन्त्रमा त्यो पनि यही दूई प्रसंगले गर्दा संसारले जान्यो । भारतमा नागरिक स्वतन्त्रता र सर्वोच्चता कति रहेछ भन्ने कुरा अन्ना हजारेको टिमलाई चुनाव लडेर आई आफ्नो कुरा राख्न दिएको चुनौतीले प्रष्ट पार् यो । चुनाव लड्न नसक्ने निमुखाहरुको देश भारत होईन भनेर भारतको भारतिय जनताको र प्रजातन्त्र कै अपमान गर्ने ईश्वरीिय सर्वशक्तिमानता कांग्रेसमा रहेछ ।
भारतिय जनताले यो अपमान नसहने जनाउ दिए अन्ना हजारेको अभियानमा मुलुकभर निरंतर साथ दिएर । घाम पानीले पनि उनिहरुलाई रोक्न सकेन । असंख्य मान्छेले भने म अन्ना हुँ । उनीहरु कुनै राजनीतिक दलललाई आफ्नो विधाता मान्न तैयार नभएको सन्देश दिदैछन । दल भनेको आफ्नो सेवक हो मालिक हैन राजनीतिक दल निर्विकल्प हैन भन्ने कुरा भन्न यो आन्दोलन सफल भएको छ । हुन सक्छ यो आन्दोलनले भारतमा परिवर्तन ल्याओस र छिमेकीहरुले पिराहा ठूल्दाजु नभएर असल छिमेकी भारत पाउन । यो पनि हुन सक्छ कुनै तरिकाले सहमती बनोस र आन्दोलन विसर्जन होस । तर यो शुरुवात हो एक्काईसौ शताव्दिका जनता दलको तानाशाही सहन तैयार छैनन । यस अवस्थामा पनि एक विश्वव्यापी आन्दोलनको विजारोपण भएकोछ एक नौलोवादको जन्म हुदैछ । यसवादमा जनताबाट चुनिएर गएकाले मनोमानी गर्न पाउने छैनन जनसम्मती नभई गरेको कुनै कार्य अस्विकृत हुने छ । एक पटक पाएको मत जनताले आफ्नो अधिकार हस्तान्तरण गरेको अर्थमा प्रयोग गरिने छैन ।
आफ्ना गुरुहरुको यो बेहालमा पनि तिनका नेपाली चेला भने दूई बर्षका निमित्त केवल संम्विधान बनाएर जनताबाट अनुमोदन गराउन भनेर पाएको मत तिलकुश लिएर पानी समाएर दान गरेको बस्तु सरह प्रयोग गर्नमा व्यस्त छन । दूई बर्ष भित्र संविधानको मस्यौदा जनता समक्ष पेश गर्न नसक्ने वित्तिकै निरर्थक भएको त्यो जनमतलाई मागीखाने भाँडो बनाएर पालैपालो तीनदलले नेपाल निचोर खाने चेष्टा भई रहेको छ । अनन्तसम्म आफ्नो आयु बढाउने प्रपाच चलीरहेको छ। तर अव यीनीहरुले हेक्का राख्नुपर्ने कुरा के छ भने अवको संविधानसभाको म्याद थपाई उनीहरुको निमित्त विनासकारी हुनेछ । रामदेवहरु र अन्नाहजारेहरु नेपालमा पनि जन्मने छन । अहिले जनताको नाम लिएर मनपरि गर्नेहरु छिटै जनअदालतमा खडा हुनुपर्ने छ । कुनै नेपालीको घरमा एक घुटको पानी समेत यीनलाई प्राप्त नहुने खतरा प्रष्ट देखिदैछ । अन्तरिम संविधान असफल भयो भनेर स्विकार गरेर २०४७सालको संविधान पुर्नस्थापना गर्ने वा अन्तरिम संविधान अन्तिम पटक संसोधन गरेर संविधानसभाको नयाँ निर्वाचन गर्नु बाहेकका विकल्पमा गएमा अहिलेका ठूला नेताहरुको दुर्गती अबश्यंभावी छ ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०६८।५।३
No comments:
Post a Comment