Total Pageviews

Monday, September 12, 2011

0

ल्ााेकतान्त्रिक संविधान निर्माणका ल्ाागि दबाबमूल्ाक कार्यक्रम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति प्रकि्रया स्थायीत्वमा पुर् याउन र ल्ााेकतान्त्रिक संविधान निर्माणका ल्ाागि दबाबमूल्ाक कार्यक्रम ल्याउने भएको छ । प्रधानमन्त्री निर्वाचन र त्यसमा पार्टीका उम्मेदवार संसदीय दलका नेता रामचन्द्र पौडेलको पराजयबारे समीक्षा गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यल्ायमा सुरु भएको केन्द्रीय समितिको बैठकले त्यस्तो तयारी गरेको हो । बैठकमा संविधानसभाको निर्वाचनपछि राष्ट्रपतिको निर्वाचनमा बाहेक अन्य मुद्दामा कांग्रेस असफल्ा हुनुको कारणबारे गहन छल्ाफल्ा गर्नुपर्ने माग केन्द्रीय सदस्यहरुल्ो गरेपछि त्यस विषयमा छलफल सुरु भएको एक केन्द्रिय सदस्यले जानकारी दिए । संविधानसभाका कुनै पनि पार्टीको बहुमत नभएको अवस्थामा अन्य दल्ाहरुको सहयोगविना प्रधानमन्त्री पदमा उम्मेदवारी दिएर कांग्रेसल्ो तीन-पटक पराजय बेहोरको छ ।
माओवादी र एमाल्ोको नेतृत्वमा संविधानसभाको निर्वाचन पछि बनेका तीनवटा सरकार शान्ति प्रकि्रया
पूरा गर्न र नयाँ संविधान निर्माण गर्न नसकेको भन्दै यसपटक कांग्रेसल्ो एजेन्डा सहित आफ्नो नेतृत्वमा
सरकार गठन गर्ने अभियान सुरु गरेको थियो । माओवादी र एमाल्ो नेतृत्वको सरकारको अनुभव गरिसकेका जनता अब कांग्रेसल्ो शान्ति प्रकि्रया र नयाँ संविधान निर्माणको जिम्मेवारी पूरा गर्छ कि भन्नेमा आशावादी पनि थिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका कारण शान्ति प्रकि्रयामा आउन माओवादी पनि बाध्य बन्दै गएको थियो । यस्तो परिस्थितिमा कांग्रेसको नेतृत्वमा सरकार गठन हुनसकेको भए शान्ति प्रकि्रया पूरा गरी ल्ााेकतान्त्रिक संविधान निर्माण गरेको जस कांग्रेसल्ो पाउन सक्थ्यो । मुल्ाुकल्ााई जटिल्ा परिस्थितिबाट सहज अवतरण गराई ल्ााेकतान्त्रिक शासन व्यवस्था कायम गर्नसक्ने पार्टी कांग्रेस भन्दा अरु छैन भन्ने छाप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिन्थ्यो । दशकौंसम्म कांग्रेस नै राष्ट्रिय राजनीतिको मियो पार्टीका रुपमा रहनसक्ने अवसर आउथ्यो । तर त्यो अवसर पार्टीकै कमजोरीका कारण गुमेको छ ।
यो ऐतिहासिक अवसर गुमेर माओवादी नेता बाबुराम भट्टराईल्ो प्राप्त गरेपछि कांग्रेस त्यसको समिक्षमा जुटेको हो । एउटै पदमा दुईवटा उम्मेदवार खडा गर्नु र अन्य पार्टीहरुसँग सहयोग ल्ािने परिस्थिति निर्माण गर्न नसक्नु नै असफल्ाताका मुख्य कारण रहेको निष्कर्षमा कांग्रेस पुगेको छ । यो निष्कर्षसंगै कांग्रेस सरकारबाट बाहिर रहेपनि शान्ति र
संविधानका लागि जन जागरण अभियानमा लाग्ने भएको हो र सरकारमा बसेर शान्ति र संविधानलाई स्थायीत्व दिन असफल भएतापनि बाहिर बसेर त्यस विषयमा सरकारलाई सहयोग गर्नु उपयुक्त ठानी कांग्रेसले त्यो रणनिति अवलम्वन गरेको हो । यसको विषयमा चलिरहेको केन्द्रिय कार्यसमितिको बैठकले औपचारिक निर्णय लिइसकेको छ । कांग्रेसले शान्ति र संविधानको विषयमा जुट्ने एक केन्द्रिय सदस्यले अभियान टाइम्सलाई बताए ।

No comments:

Post a Comment