काठमाडौं÷एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार भएका बेलामा प्रधानमन्त्री खनाल र सामान्य प्रशासन मन्त्री युवराज कार्कीलाई खुसी पार्दै विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा। रामहरि अर्याल मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पैसा बुझाएर श्रम तथा यातायात मन्त्रालयमा सरुवा हुन सफल भएका छन । एमालेको नेता नै हु भन्ने सचिव डा। अर्याललाई त्यस बेलामा श्रम तथा यातायात मन्त्रि मोहम्मद इस्तियाक राईले आफ्नो मन्त्रालयमा नघुसाउन ठुलै कसरत गरेपनि उनको पार्टीका अध्यक्ष एवं उपप्रधान तथा
परराष्ट्रमन्त्री बनेका यादवले पैसा खाएर श्रममा पुर् याएका थिए । विदेश जानको लागि मरिहत्ते गरेर लोभ गर्ने अर्यालले विज्ञान मन्त्रालयमा छँदा तत्कालिन राज्यमन्त्री इन्द्रप्रसाद ढुङ्गगेललाई नटेरी मन्त्रीको कोटा उपसचिवको कोटामा समेत आफै विदेश जान भ्याएका थिए । उनलाई घृणित सचिवका रुपमा निजामती कर्मचारीहरुले लिने गरेको चर्चा छ । मन्त्री ढुङ्गेललाई नटेर्ने बानी परिसकेकाले विदेश जाने कोटा आएमा जसको भएपनि आफै जाने प्रवृत्ति बनीसकेको छ । सचिव अर्यालले अहिले भएको श्रम मन्त्रालयमा अधिकार प्रत्यायोजन नगरी आफैमा केन्द्रिकि्रत गर्ने पुरानो बानी कायमै
राखेका छन् । आफुलाई फाइदा हुने भएकाले उनले अधिकारको प्रत्यायोजन गर्न नचाहने
गरेको एक सहसचिवले अभियान टाइम्सलाई बताए । मन्त्रालयमा सबै किसिमका काममा अधिकारको विकेन्द्रिकरण नगरी आफु नै केन्द्रविन्दु बन्ने गरेको कर्मचारीहरुको गुनासो छ । यतिसम्मकी शाखा अधिकृतले स्वीकृत गर्नेे पिउन र खरिदारको विदा पनि सचिव अर्यालले आफै गर्ने गरेका छन ती सहसचिवले बताए । मन्त्रालय मातहतका निकायको माध्यमबाट कसैको कुनै काम गरिदिनु परेमा रकममा कडा मोलमोलाई गर्ने सचिव अर्यालको बानी नै भैइसकेको छ ।

No comments:
Post a Comment