Total Pageviews

Tuesday, September 13, 2011

0

नियन्त्रित लागूऔषध सहित पक्राउ ःतास खेल्नेहरु पक्राउ ः


काठमाडौं भदौ २७ गते
महादेवस्थान गाबिस-७ थानकोटस्थित दशरोपनी कृषि फार्म नजिक त्रिभुवन राजपथ जोडिने मुल सडकमा ना।३ ख ६२९९ नम्बरको ट्यांकर रोकी राखेको अवस्थामा चालक मकवानपुर जिल्ला हाँडीखोला-९ घर बताउने ५७ वर्षीय राम बहादुर मोक्तान र उनीसँगै बसेका तेह्रथुम जिल्ला चुनडाँडा-२ घर बताउने ५६ वर्षीय शुक्रराज तामाङलाई नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा लागू औषध नियन्त्रण कानुन कार्यान्वयन इकाई नयाँबानेश्वरबाट भदौ २१ गते अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुको साथमा रहेको झोलाभित्र ७ वटा पोकामा लुकाईराखेको अवस्थामा नियन्त्रित लागूऔषध बुपि्रनर्फिन एम्पुल ९ सय पिस डाइजेपाम एम्पुल ९ सय पिस र फेनरगन २ सय पिस गरी जम्मा २ हजार पिस एम्पुलहरु फेला पारी उनीहरुलाई समेत नियन्त्रणमा लिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२ तास खेल्नेहरु पक्राउ ः
काठमाडौं भदौ २७ गते
काठमाडौं महानगरपालिका-२९ सामाखुसीस्थित भिम वहादुर गौचनको घरमा अबैधरुपमा जुवा-तास खेलीरहेका ११ जनालाई ५ बुक तास र ३० हजार ९ सय ८० रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कैलाली जिल्ला मालाखेती-३ घर भई हाल काठमाडौं स्युचाटार बस्ने ४६ वर्षीय पदम वहादुर कठायत लम्जुङ जिल्ला नाल्वा-५ घर भई हाल काठमाडौं गल्फुटार बस्ने ७९ वर्षीय बम वहादुर गुरुङ चितवन जिल्ला पतियानी-३ घर भई हाल काठमाडौं गोंगबु बस्ने ४८ वर्षीय शिब सेढाईं समेतका ११ जना रहेका छन् ।
सो घरमा जुवातास खेलिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी प्रभाग लैनचौरबाट खटिएको प्रहरी टोलीले भदौ २६ गते १९ः०० बजे छापा मार्दा अबैध रुपमा जुवातास खेली रहेको अबस्थामा उनीहरुलाई फेला पारेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३ खुकुरी प्रहार गर्ने पक्राउ ः
स्याङजा भदौ २७ गते
खुकुरी प्रहार गरेको अभियोगमा फापरथुङ्ग-६ बस्ने ईन्द्र बहादुर जि।टी र बसन्त जि।टी।लाई प्रहरीले पक्राउ गरेको छ ।
निजहरुले भदौ २६ गते २३ः०० बजे मादक पदार्थ सेवन गरी सोही स्थान बस्ने २१ बर्षीय सागर जि।टी।लाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते सागर जि।टी।लाई उपचारको लागि गण्डकी अंचल अस्पताल पोखरा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

४ धारिलो हतियार प्रहार गर्ने पक्राउ ः
काठमाडौं भदौ २७ गते
धारिलो हतियार प्रहार गरेको अभियोगमा हेटौडा नगरपािलका-१६ घर भएका १६ बर्षीय जिबराज तामाङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २६ गते २२ः०० बजे काठमाडौं हनुमानढोकामा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने काभ्रे घर भएका १८ बर्षीय छिरिङ लामा र काठमाडौ महानगरपालिका-१९ बस्ने अजय बोगटीलाई अपरिचित ५÷७ जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा निजहरुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो । घाइते छिरिङ लामालाई वीर अस्पताल र अजय बोगटीलाई सैनिक अस्पताल छाउनी उपचारको लागि लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment