Total Pageviews

Tuesday, September 13, 2011

0

झुन्डिएर मृत्यु ःढुंगामुढा प्रहारबाट प्रहरी कर्मचारी घाइते ः

शरीरमा आगो लगाउने पक्राउ ः
ब्ाारा भदौ २७ गते
पिपरा सिमरा-२ पानीट्यांकी नजिक पिपरा सिमरा-७ औराह घर भई हाल पिपरा मिसरा-२ बस्ने ४० बर्षीया जानकी चौधरीलाई कम्मर भन्दा माथिको भागमा आगो लगाई घाइते बनाउने चितवन जिल्ला भरतपुर नगरपालिका-१४ घर भई हाल छाता पिपरा बस्ने ४१ बर्षीय कृष्ण ढकाललाई प्रहरीले भदौ २६ गते १४ः०० बजे पक्राउ गरेको छ । घाइते चौधरीलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 नेपाल प्रहरीका खेलाडीलाई सफलता ः
काठमाडौं भदौ २७ गते
नेपाल व्याडमीन्टन संघको तत्वावधान र नेपाल खेलकुद महासंघको आयोजनामा भदौ २१ देखि २४ गतेसम्म काठमाडौंमा आयोजित प्रथम पुष्पलाल स्मृति र् याकिङ राष्ट्रिय व्याडमीन्टन प्रतियोगिता २०६८ मा नेपाल प्रहरीका बिकास श्रेष्ठ पुरुष िसंगलतर्फ प्रथम भएका छन् भने साजन कृष्ण ताम्राकार पुरुष िसंगलतर्फ द्वितीय भएका छन् ।

  अपहरण घटना अनुसन्धान तालिम सम्पन्न ः
काठमाडौँ भदौ २७ गते
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको लागि संचालित दोस्रो समुहको अपहरण घटना अनुसन्धान तालिम समाप्त भएको छ ।
अपराध अनुसन्धान बिद्यालयका सह-प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक सुदीप आचार्यको प्रमुख आतिथ्यमा भदौ २६ गते आयोजित एक समारोहबीच उक्त तालिम समापन भएको छ । समारोहमा तालिम सह-संयोजक प्रहरी निरीक्षक चिनीमाया तामाङले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत तथा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
भदौ २० गतेबाट सुरु भएको उक्त तालिममा कुल २३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेकोमा २१ जनाले सफलता हासिल गरेका छन् ।

ढुंगामुढा प्रहारबाट प्रहरी कर्मचारी घाइते ः
काठमाडौं भदौ २७ गते
चण्डेश्वरी-६ स्थित टोखाबजारमा ईन्द्रजात्रा मनाइरहेको अवस्थामा चण्डेश्वरी-५ बस्ने राम श्रेष्ठ र सुमन डंगोल लगायतका ७÷८ जनाको समुहले मादक पदार्थ सेवन गरी चण्डेश्वरी-६ बस्ने २० वर्षीय विजय श्रेष्ठ लगायत ४ जनालाई भदौ २६ गते २१ः०० बजे बियरको बोतल र लाठी प्रहार गरी घाइते बनाएका छन् ।
क्रमश ः

निज अभियुक्त राम श्रेष्ठ समेत ३ जनालाई प्रहरीले सोही दिन २३ः३० बजे पक्राउ गरेकोमा उनीहरुलाई छाड्नुपर्ने माग राखी जात्रामा रहेका अन्दाजी १२ सय स्थानीयबासीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दा महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडासमेत १३ जना प्रहरी कर्मचारीहरु घाइते भएकोमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार पश्चात ११ जना फिर्ता भएका छन् भने २ जनाको उपचार भइरहेको छ ।
घटनामा सिआरभी बसुन्धराको बा।१ ´ ७३७२ र गोंगबु प्रभागको बा।१ ´ ७३७३ नम्बरको गाडीको शिशा ढुंगा लागेर फुटेको छ । प्रहरीले अश्रुग्याँस प्रहार गरी आज ०२ः४५ बजे स्थितिलाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल क्षती ः
तनहुँ भदौ २७ गते
बरभन्ज्याङ-४ ढाडखोलास्थित कछिमाया तामाङको एकतले कच्ची घरमा भदौ २६ गते १९ः५० बजे आगलागी हुँदा लत्ताकपडा धनमाल र अन्नपात गरी अन्दाजी ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षती भएको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा २१ः३५ बजे आगो नियन्त्रणमा आएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोसवारी दुर्घटनामा मृत्यु ः
काठमाडौं भदौ २७ गते
कीर्तिपुर नगरपालिका-३ सुन्दरीघाटमा बा।३७ प ५२९१ नम्बरको स्कुटरले बा।१३ प ८६०२ नम्बरको मोटरसाइकललाई भदौ २६ गते २४ः५५ बजे ठक्कर िदंदा मोटरसाइकल चालक चोभार बस्ने ३० वर्षीय सरोज थापा र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ३५ वर्षीय भिम बहादुर के।सी। घाइते भएकोमा न्युरो अस्पताल बाँसबारीमा उपचारको क्रममा भिम बहादुर के।सी।sाे आज ०३ः०० बजे मृत्यु भएको छ । सरोज थापाको अबस्था सामान्य रहेको छ । स्कुटर र चालक फरार भएकोले खोजी भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

११ नदीले बगाएर मृत्यु ः
कन्चनपुर भदौ २७ गते
कृष्णपुर-२ बस्ने ३० बर्षीया सत्यदेवी रोकाय दाउरा लिन जंगल गएकोमा स्थानीय बनरा नदी तर्ने क्रममा नदीले बगाउँदा भदौ २६ गते १६ः०० बजे उनको मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको चटयाङमा परेर मृत्यु ः
नुवाकोट भदौ २७ गते
नर्जामण्डप-६ बस्ने ३० बर्षीया सिता खनालको घरमा भदौ २६ गते १८ः१५ बजे चटयाङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । चट्याङबाट अन्य ४ जना मानिस घाइते भएका छन् भने भैसी १ बाख्रा ३ गाई १ मरेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु ः
रुपन्देही भदौ २७ गते
केरबानी-७ स्थित बंगाली खोलामा सोही ठाउँ बस्ने गोरे बि।s। र कुमार परियारले करेन्ट लगाई माछा मार्ने क्रममा सोही ठाउँ बस्ने चिनका मुसहरलाई करेन्ट लागेर आज १०ः३० बजे मृत्यु भएको छ ।
निज गोरे बि।s। र कुमार परियार हाल फरार रहेकोले उनीहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झुन्डिएर मृत्यु ः
काठमाडौं भदौ २७ गते
जोरपाटी-१ नारायणटार डेरा गरी बस्ने बाग्लुङ जिल्ला हरीचोक-४ घर हुने २४ वर्षीया सरु भन्ने राधिका मल्ल आफ्नै कोठाभित्रको झ्यालको भ्यान्टीलेसनको गि्रलमा कपडाको सलको पासो लगाई झुन्डी मृत्यु भएको अबस्थामा भदौ २६ गते १७ः३० बजे फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ मृत अवस्थामा फेला ः
काठमाडौं भदौ २७ गते
काठमाडौं महानगरपालिका-१५ हल्चोकस्थित भगवानपाउँ जाने सडकको किनारमा सुनसरी धरान घर बताउने २७ वर्षीय कुमार परियार नाम बताउने एक पुरुष आज ०६ः३० बजे मृत अबस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment