Total Pageviews

Tuesday, September 13, 2011

0

राष्ट्रपति यादव द्धारा स्पोर्टस अवार्ड विजेतालाई वधाई

राष्ट्रपति डा। रामवरण यादवले खेलाडीहरु देशका गहना भएकाले उनीहरुलाई हरदम हौसला दिइरहनुपर्ने बताउनु भएको छ पल्सर स्पोर्टस अवार्डका विजेताहरुलाई शितल निवासमा बधाई तथा शुभकामना दिदै राष्ट्रले सक्रमणकालिन अवस्थामा धेरै कुरा दिन नसकेको अवस्थामा खेलकुद पत्रकारले दिएको पुरस्कार नै राष्ट्रिय अवार्डको रुपमा ग्रहण गर्न भन्नुभएको थियो । उहांको भनाई थियो - युवा देखि वरिष्ठ सम्मको पुस्ता सम्म सम्मानित भएका छन् । खेलकुद विना विकासको मापन सम्भव छैन । त्यसैले यस्तो हौसला र सम्मान निकै आवश्यक छ ।राष्ट्रपति यादवले नेपाल खेलकुद पत्रकार माचद्धारा आयोजित स्पोर्टस अवार्डका विजेताहरुलाई हरेक वर्ष आफनो निवासमा बोलाउनु भई बधाई दिने गर्नुभएको छ । खेलपत्रकारलाई पनि धन्यवाद दिदै उहाले थप्नुभयो - खेलपत्रकारहरुले आफनो रोजी रोटी कमाउनु पर्ने समय निकालेर देशको लागी यति ठुलो काम गरेकोमा पनि धन्यवादका पात्र हुन् ।

सोही अवसरमा राष्ट्रपति यादवले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा आयोजना गर्नका लागी आफुले पहल थाल्ने बताउनु भयो । उहांले भन्नुभयो - राष्ट्रिय गौरवको विषयको रुपमा रहेको साग खेलकुद नेपालमा आयोजना गर्न समयमै तयारी गर्नका लागी म प्रधानमन्त्री र खेलकुद मन्त्री संग कुरा गर्नेछु ।ुलन्डन ओलम्पिकको लागी भइरहेको उत्कृष्ट तयारी र गतवर्ष भारतमा सम्पन्न कमनवेल्थ गेम्समा भएको अब्यवस्थित तयारीको प्रसंग कोटयाउदै उहांले भन्नुभयो - ु नेपालले समयमै यसको तयारी गर्नु पर्छ । ुयसअघि माचका वरिष्ठ उपाध्यक्ष अजय फुयालले नेपाली खेलकुद क्षेत्रले राजनीतिलाई टाढा राखी १३ औं साग खेलको पुर्वाधार तयारी गर्न राष्ट्रपति मार्फत पहल हुनुपर्ने बताउनु भएको थियो । बधाई कार्यक्रममा विजेताहरुको तर्फबाट लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेता टेबुल टेनिसका वरिष्ठ प्रशिक्षक रमेश राज जोशीले भन्नुभयो - ुस्पोर्ट्स अवार्डमा हामी जस्ता पुराना खेलाडीहरुसम्मको मुल्याङकन भएको छ । राष्ट्रपतिबाटै पाएको थप सम्मानले सम्पुर्ण खेलाडीहरु उत्साहित भएको मैले विश्वास गरेको छु ।ुयसअघि कार्यक्रममा नेपाल खेलकुद पत्रकार माचका अध्यक्ष निराजन राजवंशीले राष्ट्रपतिको समुपस्थितिमा विजेता खेलाडीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।कार्यक्रम पछि स्पेशल अवार्ड विजेता बनेका सुनसरीका दिलिप राईले भने - स्पोट्स्र अवार्डको सम्मान राष्टपति ज्युको वधाई पछि झन वढे जस्तो लाग्यो । यो ठुलो सम्मान हो । ु

No comments:

Post a Comment