पोखरा / पोखरा चिप्लेढुङगाका समाजसेवी कृष्ण पराजुलीको स्मृतीमा कृष्ण पराजुली स्मृती प्रतिष्ठान स्थापना हुने भएको छ । गत बर्ष कार दुर्घटनामा परी मृत्यु हुनु भएका पराजुलीको परिवारले उहाँको स्मृतीमा प्रतिष्ठान स्थापना गर्ने भएको परिवारले जनाएको छ ।भदौ २६ गते सोमबार स्वर्गीय कृष्ण पराजुलीको बार्षिक पुण्य तिथिको अवसरमा प्रतिष्ठान स्थापना गरी ५ लाख रुपैयाको अक्षयकोष समेत स्थापना गरीने भएको स्वर्गीय कृष्णकी श्रीमती लिला पराजुलीले बताउनु भयो । स्वर्गीय कृष्णका भाई शंकर पराजुलीले ५ लाखको अक्षयकोषबाट बार्षिक रुपमा आउने ब्याजको पैसा प्रत्येक बार्षिक पुण्यतिथिमा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान दिने शिक्षक पत्रकारको क्षेत्रमा सहयोग गरीने भएको बताउनु भयो । उहाँले गरीब असाय एवम दिन दुखीको क्षेत्रमा अबस्था हेरी सहयोग गर्ने समेत जानकारी दिनु भएको छ ।उक्त प्रतिष्ठानको संरक्षकमा स्वर्गीय कृष्णकी श्रीमती लिला पराजुली रहनु हुने भएको छ भने प्रतिष्ठानको अध्यक्षमा स्वर्गीय कृष्णका भाई शंकर पराजुली रहनु हुने भएको छ । केहि समय पछि प्रतिष्ठान औपचारीक रुपमा दर्ता भई सामाजिक क्षेत्रमा काम समेत गर्दै जाने भएको बताईन्छ ।नेपाली कांगेस क्षेत्र नं। ३ का सभापति समेत रहनु भएका समाजवेसी कृष्ण पराजुली गत बर्ष असोज ६ गतेका दिन काठमाण्डौंबाट पोखरा आउने क्रममा कार दुर्घटनामा परी मृत्यु भएको थियो । साथै उहाँ सहित कारमा सवार हुनु भएका युवराज पहारी तेजप्रसाद दाहाल र जोगेन्द्र वाटाजुको समेत मृत्यु भएको थियो । सोही कार दुर्घटनामा परी माधव बाँस्तोला र मदन बहादुर केसी बाँच्न सफल हुनु भएको थियो ।
No comments:
Post a Comment