Total Pageviews

Tuesday, September 13, 2011

0

खेलाडी सम्मानित


काठमाण्डौ । उपत्यकाव्यापी दोस्रो भक्तपुर आइटिएफ आमन्त्रण लेक्वान्दो प्रतियोगिताको अवसर पारेर दुई खेलाडी सम्मानित भएका छन् । पुरुष तर्फ विशाल थापा र महिलातर्फ अनुशा श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडीबाट शनिबार सम्मानित भए । शनिबार देखि नै शुरु भएको प्रतियोतिाको २० केजी तौल समुहमा विदुर लामा प्रथम भए पुर्व गृहराज्य मन्त्री रिजवान अन्सारीले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा आइटिएफका भक्तपुर अध्यक्ष अनिलकुमार श्रेष्ठ विशेष सहयोगी मधुकुमार थापा नेपाल आइटिएफ महासंघका प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठ उपस्थित थिए ।

पत्रकार महासंघको आन्दोलन स्थगित
राजविराज । पत्रकार हेमशंकर िसंहमाथि भएको कुटपिटको घटनामा पीडितले माफी मागेपछि नेपाल पत्रकार महासंघ सप्तरीले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । राजविराज ८ निवासी मविव क्याम्पसका पुर्व स्ववियु सभापति समिर कुमार झाले िसंहमाथि शुक्रबार साँझ समाचार संकलनका क्रममा कुटपिट गरेका छन् । क

पत्रकारलाई धम्की
नेपालगन्ज । कर्णालीको सन्देश साप्ताहिक पत्रिकाका प्रधान सम्पादक बरमबहादुर महतर कम्प्युटर अपरेटर प्रेमबहादुर थापालाई समाचार छापिएको विषयलाई लिएर धम्क्पयाइएको छ । प्रधानसम्पादक योगीद्धारा आइतबार जारी विज्ञप्तिमा कर्णाली यातायात व्याबसायी संघ जुम्लाको नाममा कुण्डारीकी एक महिलामाथि गरिएको अपमानजनक व्यवहारको सम्बन्धमा भदौ २१ गते समाचार प्रकाशित गरेका थिए ।



No comments:

Post a Comment