Total Pageviews

Tuesday, September 13, 2011

0

पुष्पको दुध पनि दुषित


काठमाण्डौ । छोटो समयमा ठुलो धनराशी कमाउने काला ब्यापारीको सपना सरकारी निकायको बाक्लो उपस्थितीले चक्नाचुर भएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले वालाजु गंगा चलचित्र हल सँगै रहेको पुष्प डेरी फर्ममा सोमबार अनुगमनपछि तीन दिने स्पष्टीकरण सोध्दै सिलबन्दी गरेको छ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालय गुण नियन्त्रण विभाग प्रहरी उपभोक्तावादी संघ संगठन लगायत सहभागी टोलीले सोमबार पुष्प डेरिमा अनुगमन गर्दा उत्पादन र उपभोग मिति उल्लेख नगरिएका उल्लेख भएकामा पनि मिति अगाबै अघिल्लै दिन तयार गरी दुध बजारमा पठाइएको भेटेको थियो । दुधका प्लाष्टिकमा १२ घण्टा भित्र उपभोग गरिसक्नु पर्ने लेखिएका छन् तर डेरीले भने भोलीपल्ट बजार पठाउनु पर्ने दुध अघिल्लो विहान १० बजे नै उत्पादन गरिरहेको भेटियो अनुगमन टोलीमा संलग्न उपभोक्ता अधिकार अनुसन्धान माचका अध्यक्ष माधव तिम_िल्सनाले जनाएका छन् । उनका अनुसार अनुगमन गर्दा पुष्प डेरीले दुधमा प्रयोग गर्ने पानी फोहोर थियो । पानी पहेलो खिया लागेको ट्यांकीमा पानी राखिएको थियो भने त्यही पानी दुधमा मिसाउने गरेको भेटियो । डेरीमा रहेको प्रयोग शाला पनि प्रयोगमा नल्याइएको भेटिएको जानकारी उनले दिएका छन् । मिति उल्लख नगरिएका आठ बोरा पाउडर दुध पनि सिल गरेका छौ त्यसको नमुना परीक्षण गर्न खाद्य प्रविधि विभागमा पठाइएको छ तिम_िल्सनाले भने खाद्यको परीक्षण रिपोर्ट नआएसम्म ती बोराका पाउडर दुध प्रयोग गर्न पाउँदैनन् । डेरीले मिति नाघिसकेको अवस्थामा राखेको १ हजार लिटर दुध पनि नष्ट गर्न लगाइएको उनले जानकारी दिए । डेरीबाट उत्पादित दुध दही ध्युमा प्रयोग गर्ने पानी परीक्षणका लागि खाद्य प्रविधि प्रयोगशाला पठाइएको उनले जानकारी गराए । अनुगमन टोलीले डेरी साचालक पुष्पराज बस्नेत सँग सोधफस गर्दा उनले पानी फिल्टर गरेरै प्रयोग गरेको दावी गरेका छन् । हामीले बेच्ने दुधु २४ घण्टा भित्र उपभोग गर्न सकिन्छ बस्नेतलाई उद्धत गदै तिमिल्सनाले भने लेबलमा २४ घण्टा हुनुपर्नेमा भुलबस १२ घण्टा भएको हो यसलाई सच्च्याउँछौ । भनिएको थियो ।




No comments:

Post a Comment