काठमाडौं । विगत लामो समयदेखि मुल्य अभिबृद्धि कर
भ्याट को नक्कली विल प्रयोगगरि व्यापारिक कारोबार गर्ने समुहबाट सरकारभित्रबाटै रकमको चलखेल गरी बचावट सुरु भएको छ । सरकारले सो नक्कली भ्याटविल छानविन
गरिरहेकेा भए पनि पटक-पटक परिवर्तन भएका सरकारले सो अबैध कार्यलाई कारवाही नगरि उन्मुक्ति दिने प्रयासमा रहेका थिए । सोही प्रयासलाई पनि नवनियुक्त अर्थमन्त्री बर्षमान पुनले पनि निरन्तरता दिएका छन् । मन्त्री पुनले नक्कली भ्याट विल प्रकरणमा संलग्न व्यापारी फारमलाई सार्वजनीक गर्नलाई हालको विद्यमान कानुन बाधक भएको बताएका छन् । उनका अनुसार
सरकारले हालको ऐन कानुनका
कारण नक्कली भ्याट विल प्रयोग गरि अर्बौ राजस्व डुवाउनेहरुको नामावाली सार्वजनीक गर्न नमिलेको बताए । यहाँ स्मरण रहोस् की राजस्व चुहावट नियन्त्रण ऐनअनुसार नक्कली भ्याटविल प्रयोग गरेर राजस्व छली गर्नेलाई हालको विद्यमान कानुनले कुनै अबरोध पुर् याउदैन । मुलुकमा रहेको अधिकाशं ठूला
घरानीया उद्योग फारमहरुले नक्कली भ्याटविल प्रयोगगरि व्यापारीक कारोबार गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । नक्कली भ्याट विल प्रयोग गर्नमा चौधरी ग्रुप अग्रणी स्थानमा
रहेको छ । त्यसैगरिगोल्छा समुह खेतान सम्रह अमात्य समुह पाचकन्या समुह लगायत अन्य समुहहरु यस अबैध कार्यमा संलग्नता रहेको देखिन्छ । त्यसैगरि हाल ठूलो सख्यामा भएको भारतीय मुद्रा अपचलनमा नेपालका ठूला बैंकहरुको संलग्नता भएको आरोप समेत अर्थमन्त्री पुनले लगाए पनि सो बैकहरु कुनकुन हुन भन्ने बारेमा भने केही बताउन चाहेनन् । यस विषयमा पनि मन्त्री पुनकै आदेशमा बैंकहरुसंग रकमको वार्गिनिङ गरेको बैंक स्रोतले जानकारी गराएको छ । भारतीय मुद्राको सटही गर्नकालागि सम्बन्धित ऐजेन्टहरुले बैकसंगको सहयोगमा अर्बौ रुपैयाँ भारतीय मुद्रा अपचलन गरेको अर्थमन्त्रालयले जनाएको छ । सो बारेमा सरकारले आफ्नो तवरबाट अनुसन्धान गरेको अर्थमन्त्री पुनले बताए पनि कसको नेतृत्वमा सो समिति बनेको बारेमा पनि गोप्यनै राखेका छन् । अर्बै रुपैयाँ अपचलन गरिसेको सार्वजनिक हुदा पनि अर्थमन्त्री भने सो पुष्टि हुनासाथ कडा कारवाही गर्ने प्रतिबद्धता जाहेर समेत गरे । यस सम्बन्धमा राजस्व अनुसन्धान विभागले डिजिटल वल्ड म्याक्वेलजिएस टेडूस्रश्याम गल्ला भण्डार र जयमाता दि टेूडस्रको फर्मबाट सो मुद्रा अपचलन भएको अनुसन्धानबाट खुलेको छ । सो फर्मबाट ७७ करोड रुपैयाँ एनआईसी बैंकबाट६ करोड २९ लाख एभरेष्ट बैकबाट१ करोड ६४ लाख इन्भेस्टमेन्ट बैंकबाट नक्कली प्रज्ञापन मार्फत भारतीय मुद्रा अपचलन गरेको विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले बताए । हाल सम्म सो नक्कली प्रज्ञापन पत्रमार्फत ९३ करोड रुपैयाँ भारतीय मुद्रा अपचलन गरेको पृष्टी गरेको छ । सो बैकबाट बीरगाज भन्सारले मात्र २ लाख नम्बरको कोड प्रयोग गरकेाे छ । पूर्व अर्थमन्त्री तथा हालका प्रधानमन्त्री डा। वावुराम भट्टराईकै पालामा बन्द भएको भन्सार कर्मचारीहरुले दस्तुरी संकलन गरेको सम्बन्धमा भने मन्त्री पुनले यो दस्तुरी संकलन कार्य नभएको दाबी समेत गरे । उनले अधिल्लो
सरकारको पालामा सो दस्तुरी संकलन
गरेको थियो तर हामीले सरकारको जिम्मा लिएसंगै सो दस्तुरी संकलन नभएको दाबी मन्त्री पुनले गरे । यस सम्बन्धमा सो दस्तुरी संकलनबाट भन्सार कर्मचारीले मन्त्रालयदेखि आफ्नो खल्तीमा समेत हाल्ने गरेको आरोप समेत अन्य कर्मचारी हरुले जनाएका छन् ।
No comments:
Post a Comment