Total Pageviews

Tuesday, September 13, 2011

0

कुवैतले पाँचौ सम्मेलनमा आठ बुदामा आवाज उठाउने

तोयानाथ उपेक्षित
एनआरएनए कुवैतले यहि अक्टोबर १२ देखि १४ सम्म हुन लागेको पाँचौ अन्तराष्ट्रिय सम्मेलनमा पेश गर्न भनी आठ बुदे माग पत्र तयार पारेको छ । महासचिब सुजन केसी का अनुसार उक्त माग पत्रमा कुवैतका समस्या र नेपाली कामदारका पिडालाई संश्लेषण गरेको छ । यसरी प्रस्तुत गर्न लागको मागहरु मध्यपूर्वका साझा समस्याकै रुपमा रहेका विषय हुन ।
यहि शुक्रवार अगष्ठ ९ २०११ का दिन एनआरएनए कुवैतले डाकेको बृहद भेला र त्यस भेलाबाट प्राप्त सुझाबहरु सो माग पत्रमा समाबेश गरिएको एनआरएनएले जनाएको छ । यसरी समावेश गरिएका मुदाहरुमा
१ कुवैतमा कामदारहरु ल्याउदा कानूनी प्रकृया पुरा गराई नेपाली विमान स्थलबाट मात्र पठाउने व्यवस्था मिलाउनु पर्ने । घरेलु तथा महिला कामदार ल्याउदा उनीहरुलाई आफ्नो कामबारे ज्ञानप्रयोग गरिने उपकरण र भाषा साँस्कृतिक सामाजिक अवस्थाबारे अबगत गराउने गरी अभिमुखीकरण तालिम अनिवार्य गराउनु आवश्यक छ ।
२ नेपाल सरकारले लागु गरेको पटके श्रम स्वीकृतिले कामदारहरुलाइ प्रत्यक्ष अप्रत्यक्ष प्रभाब पर्ने गरेको छ । केही कामदार भ्रष्टचारको शिकार बनेका छन भने केहीले झण्झटिलो पुन श्रमको कारण रोजगारी गुमाएका छन । तसर्थ सरकारले पटके श्रम खारेज गरी बिमा एक पटकमा पाँच बर्षको लागि गर्ने निती ल्याउनु पर्ने । कामदारहरुको सुविधाको लागि विमान स्थलमा डेस्क राखी अथवा बैंक मार्फत बिमा नबिकरण गर्ने प्रावधान मिलाउनु पर्ने
३ नेपाली कामदार भन्न साथ तल्लो श्रेणीका कामदार मात्र बुझ्ने बर्तमान स्थितीलाई हटाउने क्रमस अर्धदक्ष दक्ष कामदार पठाउन प्रयास गर्ने र नेपाल सरकारले देश अनुसारको निम्नतम सेवा सुविधा र तलब तोकी उपयोगी विषयमा तालिम दिने व्यवस्था मिलाउने ।
४ बार्षिक वा अन्य बिदामा आफ्नो करार सकी फर्कने कामदारहरुलाई नेपाल पुग्दा उनीहरुले देशको अर्थतन्त्रमा पुर्याएको योगदानको निमित्त उचित सम्मान हुनुपर्नेमा प्रत्येक बर्ष नियम परिर्वतन गरी पाएको भन्सार सुबिधा घटाउन नहुने र अरु देशमा झै स्पष्ट रुपमा यो सुविधा पाउने भनी किटान गरिनु पर्ने ।
५ दुतावासमा आश्यक जनशक्तिको अभावले काममा ढिला सुस्ती हुने गरेको छ । जसले गर्दा कामदारहरु ठुलो मारमा परेका छन । खास गरी महिला कामदारहरुको संख्या अधिक हुने देशमा श्रम सहचारी र आवश्यक कर्मचारी सरकारले उपलब्ध गराई दिनु पर्छ । ६ कुवैतमा मृत्यु हुने सवै खाले कामदारहरुलाइ आत्माहत्या भनिने गरेको छ । आत्माहत्या गरेको अभियोगमा मृतकका परिवारले बिमा कम्पनीबाट पाउनु पर्ने रकम पनि पाउदैनन । कुवैतमा गत बर्ष करिब २ दर्जन र चालु बर्षमा पनि एक दर्जन भन्दा धेरै नेपाली महिलाहरुले आत्माहत्या गरेको भनिएको छ । यस विषयमा सरकारको ध्यान आर्कषण गराउन चाहान्छौ । ७ संसारका सवै दुतावास भित्र गैह् आबासिय नेपाली सँघको डेस्क हुनु पर्ने । ८ एन आर एन ले खाडीका कामदारहरुको लागि सानो पुजी लगानी गर्ने व्यवस्था मिलाउनु पर्ने । उदाहरणको लागि १५ देखि २० हजारमा एक शेर खरिद गर्न सकुन
एनआरएनए कुवैतका अध्यक्ष राजेन्द्र तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न सँघ सँस्थाका पदाधिकारी तथा प्रतिनिधीहरुको सहभागिता थियो । सहभागीहरुवाट मौखिक एवं लिखित रुपमा संकलन गरिएको उक्त कार्यक्रममा दुतावासले आफ्नो उपस्थिती जनाउन नसके पनि लिखित सुझावहरु पठाएको थियो ।
आगामी सम्मेलनमा क्षेत्रिय सह संयोजकको उमेद्धारी घोषणा गरेका युएई का एलएन सुवेदीको विशेष आतिथ्ता थियो भने आईसीसी को अर्डिनेटर राजन कुँवर राजेन्द्र तामाङ्ग राजु थापा र महासचिब सुजन केसीले सहभागीहरुले सोधेका प्रश्नलाई सम्बोधन गर्ने प्रयास गरेका थिए । यसरी नै राजन रिमाल तोयानाथ उपेक्षित जय आले लगायतका पत्रकारहरुद्धारा सहभागीका सवालहरुलाई एकत्रित गर्ने तथा प्रष्ट्याने काम गरेका थिए । सहभागी तथा बुद्धिजीवीका तर्फवाट किरण पौडेलको विशेष भुमिका रहेको थियो । कुमार झापली छत्र कार्की टिकाराम आर्चाय अर्जुन बस्नेत ठाकुर पौडेल दिपक क्षेत्री नबराज पन्थि कृष्ण पाण्डे गौतम अमागाँई लगायत दर्जनौले सहभागीहरुले आफ्ना जिज्ञाषाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा पदाधिकारीको आसनवाट मनु मगर धर्मराज गिरीईन्द्र पोख्रेल लगायतले सहयोग गरे ।
महासचिब सुजन केसीद्धारा सँन्चालन गरिएको सो विशेष भेलामा सहभागीहरुको भने उत्साहजनक उपस्थिती थिएन । कुवैत स्थित मालियाको एषिया एषिया होटलमा दिनको २ बजेर ३० मिनट जादा शुरु भएको उक्त कार्यक्रममा दुतावासको भने प्रतिनिधीत्व रहेन

No comments:

Post a Comment